• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौँ । प्रहरीले दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै रकम ठगि गर्ने धनकुटा चौबिसे वडा नं. १ घर भई हाल काठमाडौँ बाफल बस्ने ३४ बर्षका लक्ष्मण श्रेष्ठ पक्राउ परेका हुन् ।

विवेक पाठकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै पटक पटक गरी एक लाख पन्चानब्बे हजार रुपैयाँ ठगि गरेर फरार रहेका श्रेष्ठलाई प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

श्रेष्ठ उपर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।