१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कस्तालाई निर्वाचित गर्ने राष्ट्रियसभामा ?

कस्तालाई निर्वाचित गर्ने राष्ट्रियसभामा ?
अ अ+ अ-

काठमाडौं ।  राष्ट्रियसभा निर्वाचनको मिति नजिकिँर्दै छ । यसैकारण पछिल्ला केही दिन यता राष्ट्रयसभामा सांसद बन्नेको चर्चा पनि बढेको छ । अर्कातर्फ केही राजनीतिक दलका नेताले अहिले आफू रहेका पदबाट राजीनामा दिएका पनि छन् । यसबाट पनि उनीहरु सोही पदमा आउन लागेका हुन् कि भन्ने पनि चर्चा छँदैछ ।

यता कांग्रेसबाट उनै पाका पुरानाको चर्चा सुनिएको छ । जस्तो कि कृष्ण सिटौला, गोपालमान श्रेष्ठ  आदि । यस्तै प्रवृत्ति र पात्र अरु पार्टीमा पनि चर्चामा छन् यद्यपि उनीहरु उम्मेदबार बन्ने नबन्ने भने पक्का भएको छैन ।

अहिले यहाँ उठाउन खोजिएको प्रसंग चाहिँ मुलुकको संघीय संसदको माथिल्लो सभा राष्ट्रियसभामा हुने उम्मेदबारको हो । कस्तालाई सो सभामा उम्मेदबार बनाउने त ? यो चर्चा विगतमा पनि चल्ने नै गरेको हो तर नियुक्त भने दलका नेताहरुले आफ्नै नेतालाई मात्र गर्ने गरेका छन् ।

वास्तवमा जुन देशमा दुई सदनात्मक व्यवस्थापिका हुन्छ र तल्लो सदन अर्थात् प्रतिनिधिसभा प्रमुख कार्यकारी प्रकृतिको हुन्छ त्यस देशको माथिल्लो सभालाई विद्धत् सभा र मुलुकको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका र मुलुकलाई विभिन्न क्षेत्र र बर्गबाट विशिष्ट रुपमा योगदान पर्याएका व्यक्तिहरुलाई मनोनित गर्ने गरिन्छ ।

यसो गर्दा देशको सबै क्षेत्रको प्रतिनिधित्व यो संसदमा हुन्छ । जसले गर्दा ती क्षेत्र, बर्ग, भूगोल एवं विषयका कानून निर्माणका लागि सहयोग पुग्दछ भनिन्छ । यसरी गरिएको प्रतिनिधित्वले देशको विकास सन्तुलित रुपमा हुने र मुलुकको सर्वाङ्गीण विकासमा टेवा पुग्ने गर्दछ ।

यस्तै हिसाबले नियुक्त हुने गर्दछन् बेलायतको माथिल्लो सभा हाउस अफ लर्ड होस् या अन्य देशका राष्ट्रयसभा या माथिल्लो सदनहरु हुन् । ती सभामा देशका शिक्षा, स्वास्थ्य, कला, संगीत, खेलकूद, विज्ञान प्रविधि, पत्रकारिता, अर्थशास्त्र तथा अर्थतन्त्र या यस्तै क्षेत्रमा ख्याति कमाएका वरिष्ट व्यक्तिहरुलाई मनोनित गर्ने गरिन्छ ।

तर नेपालमा भने यहाँका नेताहरुले आफ्नै पार्टीका नेतालाई सांसद बनाउने गरेका छन् । उनीहरुले प्रतिनिधि सभा होस् या राष्ट्रयसभा पार्टीकै नेताहरुको भर्ती केन्द्र बनाउने गरेका छन् । र यसपालि पनि पार्टीको पारा त्यस्तै देखिएको छ ।

यदि विश्वव्यापी मान्यता बमोजिम नेपालको पनि राष्ट्रयसभालाई त्यस्तै विद्धत एवं विशेषज्ञ व्यक्तित्वहरुको सेवा बनाउने हो भने समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका र मुलुकको नाम चिनाएकाहरुलाई राख्नुपर्ने हो ।

जस्तो कि चिकित्सकहरु डा भगवान कोईराला डा.भोला रिजाल, डा मदन पिया , खेलकुदका बैकुण्ठ मानन्धर, हरिबहादुर रोकाय, कलाक्षेत्रका शम्भुजित बाँस्कोटा,निर शाह ,बसुन्धरा भुसाल, शिक्षाबिद् केदारभक्त माथेमा, डा शुरेसराज शर्मा ,धनञ्जय शर्मा अधिकारी , सस्कृतिक क्षेत्रमा डा जगमान गुरुङ , डा दिनेशराज पन्त या यस्तै अरु क्षेत्रका सफल व्यक्तिहरुको बिज्ञता लिने कि अलोकप्रिय बन्दै गएका दलहरुलाई झनै अलोकप्रिय बनाउने गरी पटक पटक अबसर पाएकालाई लैजाने ?