• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

औषधि व्यवसायीलाई डिएसपि लामाको सुझाव—‘कानूनले वर्जित गरेका औषधि नबेच्नु’



काठमाण्डौ। प्रहरी वृत्त किर्तिपुरका प्रमुख, प्रहरी नायव उपरिक्षक राजु लामाले किर्तिपुरका विभिन्न वडाहरुमा सञ्चालित औषधि पसलका सञ्चालक तथा औषधि व्यवसायीहरुलाई कानूनले वर्जित गरेका कुनैपनि औषधिहरु विक्री नगर्न सुझाव दिएका छन् ।

प्रहरी वृत्त किर्तिपुर तथा सामुदायिक प्रहरी सेवा किर्तिपुरको संयुक्त आयोजना तथा किर्तिपुर मेडिकल व्यवसायी संघको समन्वयमा औषधि पसल सञ्चालक तथा औषधि व्यवसायीहरुसंगको अन्तरसंवाद कार्यक्रममा डिएसपि लामाले चिकित्सकको सिफारिस (पे्रस्किप्सन) विना ग्राहकले मागेकै भरमा कुनैपनि नशालु औषधि आफुखुसी नबेच्न पनि सुझाए ।

कानूनले वर्जित गरेका कुनैपनि औषधि विक्रीवितरण गरेको पाइएमा त्यस्तो कार्य गर्ने औषधि पसल सञ्चालक र औषधि व्यवसायीलाई कानून बमोजिम कारवाही गर्ने पनि डिएसपि लामाले चेतावनी दिए । किर्तिपुर मेडिकल व्यवसायी संघका अध्यक्ष शितलराज भुषालको सभापतित्वमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा किर्तिपुरका ३१ जना औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समय लागुऔषध सेवनकर्ताहरुले मागेकै भरमा औषधि व्यवसायीहरुले आफ्नो फाइदा मात्र हेरेर सबैखाले (नशालु समेत) औषधि विक्री वितरण गर्ने गरेको पाइएकोले नेपाल प्रहरीले राजधानीका सबै औषधि पसलहरुमा छापा मारेर सम्वन्धित औषधि पसल सञ्चालक र औषधि व्यवसायीलाई कानुनी कारवाही समेत गरेको छ ।