२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीले जिम्मा लियो संकल्प अभियानको झण्डा



अ+ अ-

काठमाडौं । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प अभियान शनिबारबाट वाग्मती प्रदेशमा प्रवेश गरेको छ ।

सोमबार गोरखा र धादिङको सिमाना बुढीगण्डकी नदीको आरुघाटमा नेकपा एमाले गण्डकीले एमाले वाग्मती प्रदेश कमिटीलाई अभियानको राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा हस्तान्तरण गरेको छ । आरुघाटमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले पार्टीको वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेललाई नेपालको झण्डा र पार्टीको झण्डा हस्तान्तरण गरेर गण्डकीबाट अभियानको टोलीलाई बिदाइ गर्नुभएको छ ।

अभियानको टोली शनिबार, आइतबार र सोमबार वाग्मती प्रदेशमा रहने छ । मंगलबार बिहान रामेछापको मन्थलीबाट सिन्धुलीको खुर्कोट हुँदै घुर्मीबाट अभियानको टोली कोशी प्रदेश प्रवेश गर्ने छ ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वाग्मती प्रदेशको रामेछापमा पर्ने भएको कारण यो प्रदेशमा अभियानको थप महत्त्व रहेको छ । मध्यपहाडी मार्गको नाम नै पुष्पलालको नामबाट राखिएको छ ।

आज नुवाकोटमा बास अभियानको टोली, आइतबार बेलुका काभ्रेको धुलिखेलमा बास बस्दै छ । सोमबारको बास भने पुष्पलालको जन्मथलो रामेछाप जिल्लामा हुने छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।




भर्खरै