२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीले जिम्मा लियो संकल्प अभियानको झण्डा



अ+ अ-

काठमाडौं । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प अभियान शनिबारबाट वाग्मती प्रदेशमा प्रवेश गरेको छ ।

सोमबार गोरखा र धादिङको सिमाना बुढीगण्डकी नदीको आरुघाटमा नेकपा एमाले गण्डकीले एमाले वाग्मती प्रदेश कमिटीलाई अभियानको राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा हस्तान्तरण गरेको छ । आरुघाटमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले पार्टीको वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेललाई नेपालको झण्डा र पार्टीको झण्डा हस्तान्तरण गरेर गण्डकीबाट अभियानको टोलीलाई बिदाइ गर्नुभएको छ ।

अभियानको टोली शनिबार, आइतबार र सोमबार वाग्मती प्रदेशमा रहने छ । मंगलबार बिहान रामेछापको मन्थलीबाट सिन्धुलीको खुर्कोट हुँदै घुर्मीबाट अभियानको टोली कोशी प्रदेश प्रवेश गर्ने छ ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वाग्मती प्रदेशको रामेछापमा पर्ने भएको कारण यो प्रदेशमा अभियानको थप महत्त्व रहेको छ । मध्यपहाडी मार्गको नाम नै पुष्पलालको नामबाट राखिएको छ ।

आज नुवाकोटमा बास अभियानको टोली, आइतबार बेलुका काभ्रेको धुलिखेलमा बास बस्दै छ । सोमबारको बास भने पुष्पलालको जन्मथलो रामेछाप जिल्लामा हुने छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।