२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रचण्डलाई ओलीको प्रश्नः अदालत कुनै मजाक गर्ने ठाउँ हो ?

प्रचण्डलाई ओलीको प्रश्नः अदालत कुनै मजाक गर्ने ठाउँ हो ?
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको छ । मंगलबार रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरुको पूर्वाधार विकासका लागि ५ अर्ब बढी रकम वितरण गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘सामाजिक सुरक्षाका प्रवन्धहरुका क्षेत्रमा थुप्रो काम हामीले गर्यौँ । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु गर्यौँ । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ । अब पनि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै । साउन १ गतेदेखि लागु हुनेगरी बढ्छ । सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागु हुनेगरी बढाइने छ ।’ 
 
प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताउनुभयो ।सरकारले गच्छे अनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले स्वतन्त्रताको उपभोग गर्दा सही ढङ्गले उपभोग गर्नुपर्छ । नत्रभने त्यसको दुरुपयोग हुने खतरा छ । अब त हामीले सिक्नुपर्छ भन्ने मलाई लाग्छ । सरकार स्वतन्त्रतामा कुनै बन्देज लगाउने वा कुनै नियन्त्रण गर्ने अथवा कुनै अंकुश लगाउने वा कुनै हिसाबले न्यून गर्ने पक्षमा छदैँछैन र हुँदैन । सरकारको तर्फबाट सञ्चार क्षेत्रलाई पु¥याउनुपर्ने सहयोग, त्यसलाई अरु फस्टाउनका लागि गर्नुपर्ने सहयोगका सन्दर्भमा गच्छेले भ्याएसम्म सरकार त्यो गर्न तयार छ ।’

अहिले देशमा समस्या पर्यो भन्ने प्रचार गरिएको भन्दै देशलाई र देशको राज्य प्रणालीमा कुनै प्रकारको समस्या नरहेको पनि उहाँले बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै प्रकारको समस्या नरहेको स्पष्ट पार्नुभयो । प्रदेश सरकरहरुलाई केन्द्र सरकारबाट दिइने बजेटमा कहीँ कतै विभेद नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘संघीयतामा समस्या के पर्यो ? केहीकेही अनुभुति र फिलिङ्गसका कुराहरु छन् । तर अब फिलिङ्स बाहेक भन्ने हो भने कुनैपनि प्रदेशलाई केन्द्रबाट बजेटमा कमबेस गरिएको छैन । बरु जहाँनिर पछाडी परेको छ त्यहाँका लागि प्रोजेक्ट तयार गरिएको छ ।’ 

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी(नेकपा)एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उहाँले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार । अदालत कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो । पार्टी आफ्ना आफ्ना भइसके ।’ प्रधानमन्त्री ओलीे केही मान्छेहरुको महत्वकांक्षाका राजनीतिक अस्थिरता निम्तिन खोजेको बताउनुभयो । केही व्यक्तिहरुले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि बताउनुभयो ।