२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले अस्थिरता र अराजकता भित्र आफ्नो भविष्य खोज्दैन: अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जन दबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताउनु भयो ।

उहाँले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दबाबका कार्यक्रम अघि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘३ गते बस्ने केन्द्रिय कार्यसमितिको बैठकको एजेण्डाहरु तय गर्ने सन्दर्भमा बैठक बसेको हो । बैठक आज एजेण्डामा नै सकियो । एजेण्डामा पार्टीको नियमावली पास गर्नुपर्ने थियो, त्यो भयो । निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका कुरा समेत लिएर व्यापक जन दबाबका कार्यक्रम लैजाने भनेर पुस, माघ, फागुन र चैत्र आन्दोलनका रुपमा आफ्ना गतिविधि अघि बढाउने भनेर आन्दोलनका कार्यक्रम प्रश्तुत गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा छुट्टै एउटा राजनीतिक पार्टी हो र यसले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य खोज्दैन । अरुले गर्ने आन्दोलनलाई बिरोध र समर्थन गर्न हतार गर्दैन ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताउनु भयो ।