• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ?

नेप्से परिसूचक घट्यो



काठमाडौँ । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ ।

आज विभिन्न कम्पनीका दुई सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता शेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ०२, वित्त समूह शून्य दशमलव ५५, जीवन बीमा समूह शून्य दशमलव ९७, म्युचुअल फन्ड शून्य दशमलव १५ र निर्जीवन बीमा समूह शून्य दशमलव ३५ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै बैंकिङ र अन्य समूहको उपसूचक समान शून्य दशमलव ६२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १२, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३५, लघुवित्त शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मुल्यमा समान नौ दशमलव ९९ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू सात करोड ४६ लाख ३१ हजार सात सय २३ बराबरको दुई लाख ४८ हजार एक सय ९३ कित्ता शेय किनबेच भएको छ । रासस