५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

भारतमा पोर्टेबल मोबाइल अस्पताल शुरू: २०० जनाको घटनास्थलमै तत्काल उपचार गर्न सकिने

भारतमा पोर्टेबल मोबाइल अस्पताल शुरू: २०० जनाको घटनास्थलमै तत्काल उपचार गर्न सकिने
अ+ अ-

नयाँ दिल्ली । भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ । ‘आरोग्य मैत्री घन’ नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा शुरू गरिएको हो ।

स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा पुर्याएर एक घण्टाभित्र जडान गरी तुरुन्त उपचार सेवा शुरु गर्न सकिन्छ। प्याकर्स प्रोडक्ट्सका प्रबन्ध निर्देशक अमित चौधरीले दिएको जनाकारी अनुसार ‘आकस्मिक स्थलमा पुगेको एक घण्टाभित्रै जोडजाड (एसेम्बल) गरी स्थापना गर्न सकिने यो अस्पताल हामीले आफ्नै मौलिकतामा आधारित भएर डिजाइन गरेका हौं ।’

‘यो कुनै पनि आपतकालीन क्षेत्रमा वा प्रकोप प्रभावित क्षेत्रमा घाइतेलाई तत्काल उपचार पुर्याउँन प्रयोग गर्न सकिन्छ । चाहे त्यो भूकम्प, बाढी, डढेलो, आगलागी वा युद्ध प्रभावित क्षेत्र किन नहोस् यो अस्पताल उत्तिकै सहज र प्रभावकारी छ ।’, उहाँले भन्नुभयो ।

युद्धग्रस्त क्षेत्रमा तत्काल पुर्याएर गोली लागेको घाउको समेत चिरफार उपचार गर्न सकिन्छ । अत्यावश्यक स्थानमा पुर्याएर कुनै पनि समयमा दुई सय जनासम्म बिरामीको उपचार गर्न सकिने यो अस्पताल दुर्गम स्थनाका निम्ति बरदान नै साबित हुन सक्छ । भीष्म (सहयोग हित र मैत्रीका लागि भारत स्वास्थ्य पहल) फोर्सका प्रमुख एयर वाइस मार्शल तन्मोय रोयले यस्तो सेवा विस्तारबाट कुनै पनि विपत्तिका बेला १५ मिनेटभित्र सर्जिकल स्टेशन स्थापना सहित सेवा प्रवाह गर्न सकिने दाबी गर्नु भएको छ।

‘जब यो क्युब अस्पताल विपत्ति भएको स्थानमा पुग्छ त्यहाँ घाइते हरूको उपचारका निम्ति आवश्यक सबै सुविधाहरू एकै साथ उपलब्ध हुन्छन् । हामीसँग सबै सेवा सुविधाहरू उपलब्ध छन् । घटनास्थलमा आइपुगेको १५ मिनेट भित्रमा प्रारम्भिक काम गर्न सकिन्छ जुन मेरो जानकारीमा भएसम्म अरू कुनै एजेन्सीले पनि शुरु गर्न सकेका छैनन् ।’

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको र स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदद्वारा संयुक्त रूपमा विकसित गरिएको ‘आरोग्य मैत्री परियोजना’को यो नवीनतम उपलब्धी हो।

यसले भारतको मानवीय उद्धार प्रयास र आपतकालीन प्रतिक्रिया क्षमतामा आमूल परिवर्तनको प्रतिनिधित्व गर्दछ। यस परियोजना अन्तर्गत भारतले प्राकृतिक प्रकोप वा मानवीय सङ्कटबाट प्रभावित कुनै पनि विकासोन्मुख देशलाई अत्यावश्यक चिकित्सा सामग्री उपलब्ध गराउने नयाँ दिशामा ढोका पनि खोलेको छ ।

‘आरोग्य मैत्री’परियोजना विश्वव्यापी स्वास्थ्य सेवा विस्तारमा अग्रणी संस्थाको रूपमा प् विकसित भएको छ । साथै यस परियोजनाको प्रमुख अवयव ‘अभिनव आरोग्य मैत्री एड क्युब,’ एक मोड्युलर ट्रमा व्यवस्थापन र सहायता प्रणाली हो जुन शान्ति वा युद्धको समयमा, सामूहिक हताहतीका घटनामा द्रुतरूपमा तैनाथ गराउँनका लागि डिजाइन गरिएको हो। निर्माताका अनुसार यो विशेष परियोजना ‘प्रोजेक्ट भीष्म’ नामको बृहत् पहलको एक भाग हो । ‘सहयोग, हित र मैत्रीका लागि भारत स्वास्थ्य पहल- द्रुत प्रतिक्रिया र व्यापक हेरचाह’ को नारालाई जोड दिँदै २०० घाइतेहरूको उपचार गर्न तयार पारिएको यो अस्पताल भारतको महत्त्वपूर्ण उपलब्धी हो ।

सामूहिक हताहतीका घटनाहरूको सामना गर्न र घटनास्थलमा अत्यावश्यक आधारभूत सहायतादेखि उन्नत चिकित्सा र सर्जिकल हेरचाहसम्मका सुविधा यस मोबाइल अस्पतालमा उपलब्ध हुनेछन् ।रासस