२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव



अ+ अ-

दुबई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२८ मा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–३३ आयोजना गर्न शुक्रबार प्रस्ताव गर्नुभएको छ ।

दुबईमा आयोजित जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–२८ सम्बन्धी छलफलमा बोल्दै मोदीले हरेक देशले जलवायु परिवर्तनको लक्ष्य पूरा गर्नुपर्ने र एकताबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज सारा विश्वले हामीलाई हेरिरहेको छ । पृथ्वी माताले आफ्नो भविष्यको रक्षाका लागि हामीतिर हेरिरहनुभएको छ । हामी सफल हुनैपर्छ ।”

“भारतले सन् २०२८ मा कोप ३३ को आयोजना गर्नेछ र यो कुरा म आज यही मञ्चबाट प्रस्ताव गर्दछु ।

यसै वर्ष जी–२० शिखर सम्मेलनको आयोजना गरेको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको नेताका रूपमा मोदीले विश्वमञ्चमा भारतको छवि उकास्न खोज्नुभएको छ ।

जलवायु परिवर्तनसँग जुध्न केन्द्रित संयुक्त राष्ट्रसङ्घले आयोजना गर्ने वार्षिक वार्ता कोपलाई विश्वका विभिन्न क्षेत्रहरूमा आलोपालो गरिन्छ र यसले विश्वका राजनीतिक नेतृत्व र उद्योग प्रमुखहरूसहित दशौं हजार प्रतिनिधिहरूलाई आकर्षित गर्दछ ।