१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरका १५ विद्यालयमा बम बिष्फोट गर्ने धम्की, सबै विद्यालयलाई एकैसाथ इमेल पठाइयो



अ+ अ-

एजेन्सी । कर्नाटकको बैंगलोरका १५ निजी विद्यालयमा बमको धम्की आएको छ । यो धम्की शुक्रबार (डिसेम्बर १) मा इमेल मार्फत दिइएको थियो । विद्यालयभित्र बम राखिएको दाबी गर्दै सबै विद्यालयलाई एकैपटक इमेल आएको थियो ।

विद्यालय प्रशासनले तत्काल प्रहरीलाई खबर गरेको थियो । प्रहरीले विद्यालयबाट विद्यार्थीलाई निकालेर खोजी सुरु गरेको छ । घटनास्थलमा बम डिफ्युजन स्क्वाड र तोडफोड विरोधी टोली पनि पुगेको छ । तर, अहिलेसम्म केही फेला परेको छैन ।

बैंगलोर प्रहरीका अनुसार सबै स्कूलहरू शहरका विभिन्न भागहरूमा छन् । अहिलेसम्म शंकास्पद केही भेटिएको छैन । बम भएको जानकारी पाएपछि विद्यार्थीका अभिभावक आफ्ना छोराछोरीलाई लिन आएका थिए । यसले अराजकता सिर्जना गरेको छ ।

सबै विद्यार्थी र विद्यालयका कर्मचारीलाई सकुशल बाहिर निकालिएको छ । खोज अभियान चलिरहेको छ । गत वर्ष बैंगलोरका सात विद्यालयमा यस्तै बमको धम्की आएको प्रहरीले बताएको थियो तर त्यो अफवाह मात्र सावित भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमार एक विद्यालय पुगेर स्थितिको जानकारी लिए । ‘टिभीमा विद्यालयमा बम भएको खबर देखेर म डराएँ । धम्की पाएका केही विद्यालय मेरो घर नजिकै छन् ।’ उपमुख्यमन्त्रीले भने– ‘प्रहरीले मलाई इमेल देखाएको छ । यो नक्कली देखिन्छ । केही अराजक तत्वले यो काम गरेको हुनसक्छ । हामी तिनीहरूलाई २४ घण्टामा समात्नेछौं । साइबर क्राइम प्रहरी सक्रिय छन्, आफ्नो काम गरिरहेका छन् । मैले प्रहरीसँग कुरा गरेँ, तर हामी सतर्क हुनुपर्छ ।’