२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ किलो बढी गाँजाको धुलो सहित १ जना पक्राउ



अ+ अ-

काठमाडौं । धादिङ जिल्ला धादिङबेशी घर बताउने वर्ष १३ को निमा तामाङ पक्राउ परेका छन्। काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिइएको प्रहरी टोलीले तामाङलाई  शनिबार (हिजो) १२ः३० बजे पक्राउ गरेको हो । 

धादिङ माधवबेशीबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ३ ख ८५२३ नम्बरको यात्रुबहाक बसलाई रोकी चेकजाँच गर्ने क्रममा तामाङको झोलाबाट  खैरो टेपले बेरी ६ वटा पोका प्रतिबन्धित लागुऔषध गाँजाको धुलो ५ (पाँच) किलो ४०० ग्राम फेला परेको हो ।

तामाङले साथमा लिई आएको कालो रंगको झोला चेक गर्दा बरामद लागुऔषधसहित पक्राउ परेकी हुन् । प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइहेको जनाएको छ।