१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

जनतासँगको सम्बन्धलाई जीवन्त बनाउँदै राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत स्थापित गर्न मध्यपहाडी लोकमार्ग अभियान: उपाध्यक्ष पौडेल(भिडियोसहित)

जनतासँगको सम्बन्धलाई जीवन्त बनाउँदै राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत स्थापित गर्न मध्यपहाडी लोकमार्ग अभियान: उपाध्यक्ष पौडेल(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म मध्यपहाडी (पुष्पलाल) लोकमार्ग लक्षित महाकाली–मेची अभियान शुरु गर्दैछ ।

मध्य पहाडी लोकमार्गमा सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई प्रभावकारी बनाइ जनतासँग जोडिने अभियानमा एमाले लागेको हो । बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान सफल बनाउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरु लागिपरेका छन् । यात्रामा स्थायी कमिटी, केन्द्रिय कमिटी, पोलिटब्युरोका सदस्यहरुका साथै जनसंगठनका नेता/कार्यकर्ताहरु रहनेछन् । यस यात्रालाई नेकपा एमालेले संकल्पको यात्राका रुपमा लिएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताउनु भयो ।

उहाँले नेकपा एमाले बाहेकका राजनीतिक दलहरले मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डोर्‍याउन, नेतृत्व गर्न र अघि बढाउन सक्दैनन् भन्नेकुरा स्पष्ट भइसकेको बताउनु भयो । मुलुकको समृद्धि र जनताको खुशीका निम्ति नेकपा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्ने उहाँको भनाइ छ ।

उपाध्यक्ष पौडेलले नेकपा एमालेको नेतृत्वमा मध्य पहाडी लोकमार्गमा शुरु भएका विकासका कामहरु सरकार परिवर्तन भएसँगै अलपत्र परेकाले ती विकासका आयोजनाहरु पनि प्रभावकारी रुपमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताउनु भयो । उहाँले पुष्पलाल राजमार्ग (लोकमार्ग) को परिकल्पनाकार नेकपा एमाले भएकाले यस क्षेत्रमा पूर्वाधारको निर्माणसँगै हुने विकासक्रममा महत्वपूर्ण योगदान पुग्ने गरी अभियान सञ्चालन गर्न लागेको बताउनु भयो । उहाँले नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले मात्रै देशलाई समृद्धितर्फ लिएर जानसक्ने र मध्यपहाडी क्षेत्रका जनताका विकासका चाहनालाई सम्बोधन गर्नसक्छ भन्ने सन्देश एमालेले यस अभियानअन्तर्गन दिन खोजेको बताउनु भयो । स्थानीय जनतासँग त्यस क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने गरी एमालेले अभियान अघि बढाउने बताउनु भयो । मध्यपहाडी क्षेत्रबाट भइरहेको बसाईंसराई, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने हिसावले एमालेले देशको विकासको अभियानलाई अघि बढाउने गरी अभियान सञ्चालन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको केन्द्रिय कमिटीको बैठकले मंसिर १४ देखि पुस २ गतेसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गमा विशाल र वृहत यात्रा सञ्चालन गर्ने निर्णय गरेको छ । यो यात्रा मंसिर १४ गते बिहान बैतडी जिल्लाको झुलाघाटबाट शुरु हुन्छ । पुस महिनाको २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा गएर यो यात्रा सम्पन्न हुन्छ । यो यात्रामा हामी हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीज्युको नेतृत्वमा पार्टीका सबै पदाधिकारहरु सहभागी हुन्छौँ । स्थायी कमिटीका सदस्यहरु र केन्द्रिय कमिटी, पोलिटब्युरोका सदस्यहरु सहभागी हुनुहुन्छ । केन्द्रिय कमिटीका सदस्यहरु आफ्नो आफ्नो कार्यक्षेत्रमा सहभागी हुनुहुन्छ । जनसंगठनका नेताहरु पनि सहभागी हुनुहुनेछ । ती स्थानीय स्तरमा एक ठाउँबाट अर्को ठाउँमा, एक जिल्लाबाट अर्को जिल्लामा, एउटा प्रदेशबाट अर्को प्रदेशमा हजारौँ, हजारको संख्यामा यात्रुहरु सहभागी हुनुहुन्छ । त्यस हिसावले हामी यो यात्रा सम्पन्न गर्नेछौँ । यसलाई हामीले समृद्धिका लागि संकल्प यात्रा भनेका छौँ । घटनाक्रमले के स्पष्ट गर्‍यो भने नेकपा एमाले बाहेक अरु कसैले पनि मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डोर्‍याउन, नेतृत्व गर्र्न र अघि बढाउन सक्दैनन् भन्नेकुरा स्पष्ट भइसकेको छ । त्यसअर्थमा नेकपा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्दछ भन्ने मान्यता हो । त्यो नेकपा एमालेका निम्ति होइन, मुलुकको समृद्धिका निम्ति, जनताको खुशीका निम्ति यो आवश्यक छ । यस उद्देश्यका साथमा मध्यपहाडी क्षेत्रमा जुन प्रकारको विकासको अभियान नेकपा एमाले नेतृत्वको सरकारले खासगरी हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले जे स्थान दिएर शुरु गरेको थियो, ति अभियानहरु सरकार परिवर्तन भएसँगै अलपत्र परेका छन् । हामी ती विकासका आयोजनाहरु पनि प्रभावकारी रुपमा अघि बढाउन चाहन्छौँ । मुख्यरुपमा पुष्पलाल राजमार्ग (लोकमार्ग) यसको परिकल्पनाकार नेकपा एमाले हो । हामीले के सोचेका हौँ भने मध्यपहाडी रिजनमा यस प्रकारको पूर्वाधार निर्माणले त्यहाँ कनेक्टीभिटीका दृष्टिकोणले सहज हुन्छ । उत्पादन अभिवृद्धि गर्नका लागि त्यसले योगदान पुर्‍याउँछ ।’

उहाँले भन्नुभयो,’खासगरी माइग्रेसनको जुन चाप रहँदै आएको छ त्यसलाई रोक्नका निम्ति पनि त्यसले महत्वपूर्ण योगदान गर्दछ । देशको सामाग्रिक विकासका निमित्त त्यसले योगदान दिन्छ भन्ने सोचको साथमा हामीले पुष्पलाल लोकमार्गको परिकल्पना गरेका हौँ । त्यसलाई योजनामा समावेश गरेका हौँ, त्यसमा बजेट विनियोजन गरेका हौँ । निर्माण कार्यलाई पनि हामीले नै गतिकासाथ अघि बढाएका हौँ । यसका केही कामहरु अझै बाँकी छ । हामी के चाहिरहेका छौँ भने यो यात्राका क्रममा जनतामा यो सन्देश दिन चाहन्छौँ, नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले मात्रै देशलाई समृद्धितर्फ लिएर जानसक्छ । मध्यपहाडी क्षेत्रका जनताका विकासका चाहनालाई सम्बोधन गर्नसक्छ भन्ने सन्देश पनि सँगै दिन चाहिरहेका छौँ । त्यसक्रममा हामी स्थानीय जनतासँग सबै आस्था, भाषा,धर्म, समुदायका जनसमुदायसँग हामी प्रत्यक्ष संवादमा हुन्छौँ । ठाउँ ठाउँमा जनसभाहरु हुन्छन् । जनताका गुनासा, आवश्यकता, माग, चाहना के छन् त्यो कुरा हामी सुन्छौँ । विकासका आवश्यकता के छन् ति कुराहरु हामी सुन्छौँ, यसरी जनतासँग नेकपा एमालेको मुख्य नेतृत्वलाई जोड्दै हामी पश्चिमबाट पूर्वसम्म यो अभियान सञ्चालन गर्छौं । यो अभियान सम्पन्न भएसँगै हामीले अभियानका अनुभवहरु पुस ५ गते काठमाडौंमा एउटा विशेष कार्यक्रमको आयोजना गरेर सञ्चारमाध्यममार्फत हामीले यो यात्राका क्रममा के अनुभव गर्‍यौँ, यात्राको निस्कर्ष के हो ? भन्नेकुरा हामी सार्वजनिक गर्नेछौँ । यसले दुई वटा काम गर्छ । एउटा नेकपा एमालेको जनाधार, नेकपा एमालेको जनतासँगको सम्बन्धलाई मझ मजबुत बनाउँछ, अझ घनिष्ठ बनाउँछ । अझ जीवन्त बनाउँछ । अर्कोतर्फ देशको मध्यपहाडी भूभागको आर्थिक, सामाजिक विकास, पूर्वाधार किवास, मानवीय विकासका प्रश्नमा हामीलाई नयाँ उचाई दिइ नीति निर्माण गर्नका निम्ति यात्राको अनुभवले दिन्छ । हामीले विकासको अभियानलाई तिब्रताकासाथ अघि बढाउँदै मध्यपहाडी क्षेत्रका जनताको चाहनालाई सम्बोधन गर्दै त्यहाँबाट जुन प्रकारको भौतिक र मानवीय विकासका दृष्टिकोणले त्यो एउटा महत्वपूर्ण केन्द्रको रुपमा त्यसलाई स्थापित गर्दै जुन प्रकारको बसाईंसराईको क्रम छ, त्यसलाई रोक्ने, त्यहाँ उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य अरु पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने त्यस हिसावले हामी हाम्रो देशको विकासको अभियानलाई अघि बढाउन आवश्यक छ भन्ने हाम्रो जुन पूर्ववर्ति निस्कर्ष छ, त्यसलाई यो अनुभवले पुन:पुष्टि गर्छ भन्ने हाम्रो ठम्याइ छ ।’

उपाध्यक्ष पौडेलले एमालेले जनताको हित र राष्ट्रको हितलाई हेरेर अभियान सञ्चालन गर्ने बताउनु भयो । उहाँले जनतासँगको पार्टीको सम्बन्ध कमजोर नहोस् भन्ने ध्यानमा राखेर आफूहरुले अभियान सञ्चालन गर्न लागेको बताउनु भयो । उहाँले जनतासँगको सम्बन्धलाई जीवन्त बनाउँदै राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत स्थापित गर्ने हिसावले एमाले अघि बढिरहेको बताउनु भयो । उहाँले नेकपा एमालेको बिरुद्धमा गरिएको घेराबन्दीको कोशिषलाई जनताको साथ, समर्थन र जनताको संगठित शक्तिको बलमा हाम्राबिरुद्धको घेराबन्दी, प्रहारलाई नाकाम बनाउने बताउनु भयो । २०८४ सालको निर्वाचन स्थनीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नेकपा एमालेको नेतृत्वमा तीन तहकै सरकार निर्माण नभएसम्म यो यात्रा निरन्तर अघि बढ्ने र सरकार निर्माणपछिका दिनमा नेतृत्वसहितको देश विकासको महाअभियान हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेले अरु चिजलाई हेर्दैन । नेकपा एमालेको दृष्टि दुई वटा कुरामा केन्द्रित हुन्छ । एउटा जनताको हित, अर्को राष्ट्रको हित । जनता र राष्ट्रको हितमा हामी केन्द्रित भएर काम गर्छौं । हाम्रा नीति, हाम्रा विचार, अभ्यास, संगठन, क्रियाकलाप, मुख्य रुपले जनता र राष्ट्रको हितलाई केन्द्र भागमा राखेर सञ्चालित हुन्छन्, निर्माण गरिन्छ । त्यसले गर्दा हाम्रा बिरुद्धमा को छ को छैन ? भन्नेकुरालाई हामी त्यति गणना गर्दैनौँ । हाम्रो ध्यान कहाँ जान्छ भने जनता हामीबाट टाढा नहुन् । जनतासँगको हाम्रो पार्टीको सम्बन्ध कमजोर नहोस् । जनताले हामीमाथि गरेको विश्वासको दायरामा संकुचन नआओस्, हाम्रो ध्यान त्यहाँ केन्द्रित हुन्छ । हामी जनतासँगको सम्बन्धलाई जीवन्त बनाउँदै राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत स्थापित गर्ने हिसावले हामी अघि बढ्न चाहिरेका छौँ । जनताको साथ भएपछि यी तपसिलका कसले बिरोध, कसले आलोचना गर्छ भन्नेकुराको कुनै गणना गरिरहनु पर्दैन । मुख्य कुरा जनताको साथ हो । समर्थन हो, जनताको माया र साथ हो । हामीले आज के देखिरहेका छाँै भने नेकपा एमालेकै बिरुद्ध घेराबन्दी गर्ने कोशिष गरिएको छ । नेकपा एमालेको बिरुद्ध प्रहार केन्द्रित गर्ने कोशिष गरिएको छ । हाम्रो पार्टीको मुख्य नेतृत्व लगायत पार्टीका समग्र पार्टीका बिरुद्धमा जुन प्रकारको प्रहरा गर्ने कोशिस अहिले गरिएको छ । हामी जनताको साथ, समर्थन र जनताको संगठित शक्तिको बलमा हाम्राबिरुद्धको घेराबन्दी, प्रहारलाई नाकाम र निरस्त्र तुल्याउने छौँ । नेकपा एमाले जनताको साथ समर्थनपूर्ण रुपमा अघि बढ्छ । दुनियाँको कुनै तागतले एमालेको गति र अग्रगतिलाई रोक्न सक्दैन । यो यात्रामा हामी खासगरी २०८४ सालको निर्वाचन स्थनीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नेकपा एमालेको नेतृत्वमा तीन तहकै सरकार निर्माण नभएसम्म हाम्रो यो यात्रा निरन्तर अघि बढ्छ । निर्वाचनको परिणामपछि फेरि हामी राष्ट्र निर्माणको महाअभियानमा सरकारको नेतृत्व गर्दै त्यस ढंगले अघि बढ्छौँ ।’

उपाध्यक्ष पौडेलले यो अभियान मिसन २०८४ को एउटा अभियानका रुपमा रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले ०८४ को निर्वाचन नतिजालाई अनुकुल बनाउनका लागि सहयोग पुग्ने बताउनु भयो । उहाँले माले जनतासँग जोडिने, जनताका समस्या सुन्ने बुझ्ने, विकासका आवश्यकता,चाहनाहरुलाई ठिक ढंगले सुदृढ गर्ने र देशको विकासको जनताका समस्या समाधानको नायक नेकपा एमाले हो भन्ने कुरालाई अझ उचाईबाट स्थापित गर्ने उद्देश्य अभियानको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मिसन २०८४ को एउटा अभियानका रुपमा बुझ्दा पनि हुन्छ । यसले ०८४ को निर्वाचन नतिजालाई अनुकुल बनाउनका लागि यसले योगदान गर्दछ । यो एमाले जनतासँग जोडिने, जनताका समस्या सुन्ने बुझ्ने, विकासका आवश्यकता,चाहनाहरुलाई ठिक ढंगले सुदृढ गर्ने र देशको विकासको जनताका समस्या समाधानको नायक नेकपा एमाले हो भनेर जुन समाजमा स्थापित छँदैछ । त्यसलाई अझ उचाईबाट स्थापित गर्ने । यो समृद्धि यात्राको मुख्य उद्देश्य हो ।’

उपाध्यक्ष पौडेलले एमालेका नेतृत्व तह जहाँ भएपनि राष्ट्रिय राजनीतिको मामिलामा बेखबर नहुने बताउनु भयो । उहाँले राजधानीमा एमाले हुने वा नहुने कुराले राष्ट्रिय राजनीतिमा एमालेको दखललाई प्रभावित गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले जहाँसुकै पुगेपनि यो अभियानका क्रममा हामी जहाँ पुगौँ, तर राष्ट्रिय राजनीतिको मामिलामा हामी बेखबर हुँदैनौँ । राष्ट्रिय राजनीतिमा हाम्रो ध्यान, चासो हुन्छ । हामीले कति बेला गर्नुपर्ने हो, त्यो गर्छौं । राजधानीमा हामी हुने वा नहुने कुराले राष्ट्रिय राजनीतिमा एमालेको दखललाई प्रभावित गर्छ जस्तो लाग्दैन ।’