२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः चितवन र काठमाडौं भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज मंगलबार एक खेल हुँदैछ । आज हुने खेलमा एफसी चितवन र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

साविक विजेता काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । चितवन भने पहिलो पोखरा थन्डर्ससँग पराजित भएको थियो ।

काठमाडौं लगातार दोस्रो जितको खोजीमा हुनेछ भने चितवन पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यसअघि हिजो सोमबार भएको खेलमा स्पोर्टिङ इलाम एफसीले झापा एफसीलाई १–० गोलले हरायो ।