४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

भारतीय सहयोगको उपराष्ट्रपतिद्वारा सराहना

भारतीय सहयोगको उपराष्ट्रपतिद्वारा सराहना
अ+ अ-

भैरहवा (रुपन्देही) : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दूतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभएको छ ।

उपराष्ट्रपतिले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकामा भारत सरकारलाई धन्यवाद दिनुभयो ।

आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्रको विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेको जनाउनुभयो । उहाँले शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउन लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले विनाभिसा दुई देशका नागरिक आवतजावत गर्न सक्ने गरी स्थापित नेपाल–भारत सम्बन्ध अन्यत्र विरलै पाइने जनाउनुभयो । दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अन्य मुलुकका लागि उदाहरणीय मात्रै नभई अद्वितीय र प्रशंसनीय रहेको उहाँको भनाइ छ । नेपालको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा भारतले गर्दै आएको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको उपराष्ट्रपति यादवले जनाउनुभयो ।

“नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धमात्र नभई दुवै देशबीच वैवाहिक, सांस्कृतिक, धार्मिक, पर्यटन एवं रोजगारीका क्षेत्रमा एकअर्काको परिपूरकका रुपमा रहेको छ,” उहाँले भन्नुभयो, “यो सुखद विषय हो, यसलाई जीवन्त बनाइराख्न आवश्यक छ ।”

भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै सुदृढ बनाउँदै गएको बताउनुभयो । उहाँले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जानकारी दिनुभयो ।

भारत सरकारको सहयोगमा सञ्चालित ‘हाई इम्पेक्ट कम्युनिटी डेभलपमेन्ट परियोजना’ २० वर्ष पूरा भएको बताउँदै उहाँले यस अवधिमा यस परियोजनाअन्तर्गत पाँच सय ५० भन्दा बढी परियोजना सुरु गरेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, दीपक बोहराका तर्फबाट उहाका छोरा प्रज्वल बोहोरा, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ता लगायतले बोल्नुभएको थियो ।

भारतको अनुदान सहयोगमा नेपाली रु एक करोड ४९ लाखको  लागतमा २०६९ सालमा पोखरभिण्डी माविको भवन निर्माण गरिएको थियो । दुईतले उक्त विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन् । उक्त विद्यालयमा भारतीय विद्यार्थी पनि अध्ययन गर्छन् ।रासस