१० श्रावण २०८३, आईतवार
,
Latest
खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन झिलीमिली बन्दै जनकपुरधाम लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तराखण्ड सुरुङमा भर्टिकल ड्रिलिङ सुरु, पहाडमा बाटो बनाएर कामदार निकाल्ने तयारी



अ+ अ-

एजेन्सी । उत्तरकाशीको सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरको उद्धारका लागि शुक्रबारदेखि रोकिएको उद्धार कार्य आज पुनः सुरु भएको छ ।

अहिले मजदुरसम्म पुग्न पहाडको चुचुरोबाट भर्टिकल ड्रिलिङ भइरहेको छ । यसका लागि आवश्यक पर्ने मेसिनरी आइतबार दिउँसो मात्रै हिमालको चुचुरोमा पुगेको थियो ।

ठाडो ड्रिलिङ अन्तर्गत पहाडमा माथिदेखि तलसम्म ठूलो प्वाल बनाएर बाटो बनाइनेछ । तर, उत्खननका क्रममा ठूलो परिमाणमा भग्नावशेष खस्ने सम्भावना भएकाले यसमा धेरै खतरा छ । ड्रिलिंग कति समय लाग्छ भन्ने बारे भने केही बताइएको छैन । आज टनेलमा फोन ल्यान्डलाइन पनि हालिनेछ । यसबाट कामदारले आफ्नो परिवारसँग कुरा गर्न सक्नेछन् ।

सुरुङमा फसेका मजदुरसम्म पुग्न नसकेपछि प्लान बी अन्तर्गत ठाडो ड्रिलिङ गर्ने योजना बनाइएको थियो । यो काम सतलुज विद्युत निगम लिमिटेडले गरिरहेको छ। यसअघि बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) का सैनिकले रुख काटेर भारी मेसिनरीलाई हिमालको चुचुरोमा लैजान बाटो तयार पारेका थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ८९ मिटर तल अर्को ठाडो ड्रिलिङको काम भइरहेको शनिबार बताएका थिए । सुरुङ मार्गभन्दा धेरै टाढाबाट पनि काम सुरु भएको छ । यो तेस्रो मार्ग करिब चार सय ८० मिटर लामो रहेको अनुमान गरिएको छ ।

मङ्गलबार सुरुङभित्र फसेका कामदारहरूलाई पहिलो पटक जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्याइएको थियो ।

भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ ।