२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

‘एनिमल’का लागि ४ महिना ट्रेनिङ गरेका थिए बबीले, निर्देशक चाहन्थे रणवीरभन्दा बलियो देखिउन्

‘एनिमल’का लागि ४ महिना ट्रेनिङ गरेका थिए बबीले, निर्देशक चाहन्थे रणवीरभन्दा बलियो देखिउन्
अ अ+ अ-

एजेन्सी । आगामी शुक्रबारदेखि विश्वव्यापी रुपमा रिलिज हुँदै गरेको फिल्म ‘एनिमल’ मा बबी देओलको खतरनाक लुक देखिनेछ । यो भूमिकाका लागि उनले ४ महिना निकै कठिन तालिम लिएका छन् ।

यो अवधिमा उनले मिठाईबाट पनि टाढिए । निर्देशक सन्दीप रेड्डी भांगाको माग थियो कि फिल्ममा बबीलाई रणवीर कपुरभन्दा बढी शक्तिशाली देखाउनुपर्छ ।

उनका व्यक्तिगत प्रशिक्षक प्रज्वल शेट्टीले बबीलाई यो लुकमा परफेक्ट ढाल्न धेरै मद्दत गरे । प्रज्वल आफैले एक अन्तर्वार्तामा बबीले आफ्नो तौल ८५ देखि ९० केजीसम्म रहनका लागि कडा डाइट अपनाएको बताएका छन् ।

इन्डिया टुडेलाई दिएको एक अन्तर्वार्तामा प्रज्वलले भने, ‘सोसल मिडियामा जसरी बबी सरको शरीर र लुक्सको चर्चा भइरहेको छ, त्यसबाट म खुसी छु । ‘रेस ३’ देखि नै उहाँलाई तालिम दिइरहेको छु । म उहाँसँग विगत छ वर्षदेखि छु । ‘एनिमल’ फिल्मका लागि मलाई चार महिनाको समय दिइएको थियो । निर्देशकले यी चार महिनामा बबी सरलाई खलनायकको रूप दिन चाहेका थिए । मलाई विश्वास गर्नुहोस्, हामी दुबैले ती चार महिनामा यो लुकको लागि धेरै मेहनत गर्यौं ।’

प्रज्वलले थपे कि निर्देशकले आफूलाई पहिले नै यस फिल्ममा बबी रणबीरभन्दा बलियो देखिनु पर्ने बताएका थिए । उनी थप्छन् ‘बबी सरलाई अझ मसल्समा हेर्न आवश्यक थियो । यसका लागि हामीले कडा मेहनत गरेका छौं । हामीले उहाँको शरीरको बोसो प्रतिशतलाई १२ मा घटाउने प्रयास गर्यौं र उहाँको तौल ८५–९० केजी रह्यो ।’

यस अवधिमा बबीले वजन प्रशिक्षणमा पनि धेरै ध्यान दिए । उनी हरेक दिन करिब एक घन्टा वेट ट्रेनिङ गर्थे । त्यसपछि उनले बिहान र बेलुका ४० मिनेट तीव्र कार्डियो गरे ।

बबी सरको परिवर्तनबाट निर्देशक निकै खुसी थिए । फिल्मको अन्तिम दृश्य छायांकनको दिन उहाँले मलाई भन्नुभयो – ‘तिमीले बबीको शरीरमा राम्रो काम गरेका छौ । तिमीले उसको रूपलाई मैले चाहेजस्तै आकार दियौ ।’

फिल्म एनिमलमा बबी देओल खलनायकको भूमिकामा देखिनेछन् । फिल्ममा बबीको चरित्र निकै अनौठो रहेको मिडिया रिपोर्टले दाबी गरेको छ । सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ कि उनको एउटा संवाद पनि छैन । बबीको यस्तो भूमिका फ्यानका लागि सरप्राइज प्याकेजभन्दा कम छैन ।