• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

प्रसाईं घरवरपर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति



फाईल फोटो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई घरबाट बहिर निस्कन सुरक्षाकर्मीले अबरोध गरेका छन् ।

भक्तपुरको ठिमीमा रहेको प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । प्रसाईले कार्यक्रम गर्ने भनिएको तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रसाईसंगै रहनु भएका अभियमनका सहप्रवक्ता राजानन्द माण्डव्यले न्युजपोलारसंग भन्नुभयो “नजरबन्द होईन तर घर वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ ।”

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गरेको थियो , गणतन्त्र मासेर राजतन्त्र फर्काउने उद्घोषसहित मैदान उत्रिएका उनले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्