२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक बन्द प्रकरण: अन्तरिम आदेश भएन,कारण देखाउ आदेश जारी



अ+ अ-

काठमाडौं । टिकटक बन्दमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले कारण देखाउ आदेश जारी गरेका हो ।

टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर १० वटा रिट दायर भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा, सुनिल रञ्जन सिंह, भद्रप्रसाद नेपाल, त्रिलोक बहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने तथा युवराज पौडेल, पशुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सबै रिटमा टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने माग गरिएको थियो ।

निबेदकहरुले अन्तरिम आदेशको माग गरेपनि पनि ईजलासले अन्तरिम आदेश दिन अस्वीकार गरको छ । निबेदक मध्येका एक अधिवक्ता अनन्तराज लुईटेलले न्युजपोलारसंग भन्नुभयो “अन्तरिम आदेश माग गरेका थियौ तर कारणदेखाउ आदेश मात्र जारी भयो त्यो स्वीकार्य छ । “