२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिनारायणप्रसाद रौनियार ‘पप्पु’ एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं। जसपाबाट २०७४ सालको संसदीय निर्वाचनमा पर्सा ३ बाट निर्वाचित पूर्व सांसद हरिनारायणप्रसाद रौनियार नेकपा एमाले प्रवेश गरेका छन् ।

मंगलबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका, माला लगाउँदै एमाले प्रवेश गरेका हुन् ।

रौनियार पप्पु कन्सट्रक्सनका मालिकसमेत हुन् । सांसद निर्वाचित हुनअघिसम्म पप्पु कन्सट्रक्सनका सञ्चालक रहेका उनले निर्माणको ठेक्का लिएका र पाएका अधिकांश आयोजनाहरु समयमै निर्माण नगर्दा सर्वसाधरणले सास्ती भोग्नुपरेको गुनासो हुने गरेको छ ।

२०७४ सालमा सांसदममा निर्वाचित भएपनि उनीविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो ।