१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर ७ गते युवा संघले तिनकुनेमा कार्यक्रम गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले यही मंसिर ७ गते गर्ने भनेको ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ काठमाडौंको तिनकुनेमा गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई आजदेखि एक महिनासम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवासंघले कार्यक्रमस्थल तिनकुने बनाएको हो ।

संघका अध्यक्ष क्षितिज थेबेले आज एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको स्थान तय भएको जानकारी गराएका हुन् । मंसिर ७ गते नै दुर्गा प्रसाईंले पनि कार्यक्रम राखेपछि सरकारले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।