४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनबाट आईफोन मगाए, प्याकेट खोल्दा भाँडा धुने साबुन भेटियो



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । आजभोलि अनलाइनले हाम्रो जीवनलाई सजिलो बनाएको छ । हामी घरमै बसेर जे पनि अर्डर गर्न सक्छौं । कहिले खाना अर्डर गर्न मन लाग्यो भने त कहिले स्मार्टफोन अर्डर गर्न मन लागेमा सामान घर मै आइपुग्छ ।

तर, कहिलेकाहीँ यस्तो हुन्छ कि हामीले जे अर्डर गर्छौं त्यो पाउँदैनौं । हालै एक व्यक्तिले अनलाइनमा मोबाइल अर्डर गरे तर खोल्दा त्यसमा साबुनको भेटियो ।

जानकारी अनुसार यो मामिला भारतको महाराष्ट्रको ठाणे जिल्लाको हो । एक व्यक्तिले अनलाइन सपिङ प्लेटफर्मबाट रु ४६,००० मूल्य (भारु)को स्मार्टफोन अर्डर गरे, तर उनलाई दिइएको पार्सलमा तीनवटा साबुन फेला परेको बताइएको छ। प्रहरीले सोमबार सो जानकारी दिएको हो ।

भाइन्दर प्रहरी चौकीका एक अधिकारीले पीडितको पार्सल डेलिभरीका क्रममा छेडछाड भएको देखिएको बताए । पीडितले अनलाइन सपिङ प्लेटफर्मबाट ४६ हजार रुपैयाँको आइफोन अर्डर गरेको बताए ।

प्रहरीले पीडितले दिएको उजुरीलाई उद्धृत गर्दै उनले प्याकेज खोल्दा मोबाइलको प्याकेटमा तीन वटा भाँडा धुने साबुन भेटिएको बताए । अधिकारीका अनुसार प्रहरीले शनिबार अज्ञात अपराधी विरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४२० (धोखाधडी) अन्तर्गत मुद्दा दर्ता गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।