३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अनलाइनबाट आईफोन मगाए, प्याकेट खोल्दा भाँडा धुने साबुन भेटियो

अनलाइनबाट आईफोन मगाए, प्याकेट खोल्दा भाँडा धुने साबुन भेटियो
सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । आजभोलि अनलाइनले हाम्रो जीवनलाई सजिलो बनाएको छ । हामी घरमै बसेर जे पनि अर्डर गर्न सक्छौं । कहिले खाना अर्डर गर्न मन लाग्यो भने त कहिले स्मार्टफोन अर्डर गर्न मन लागेमा सामान घर मै आइपुग्छ ।

तर, कहिलेकाहीँ यस्तो हुन्छ कि हामीले जे अर्डर गर्छौं त्यो पाउँदैनौं । हालै एक व्यक्तिले अनलाइनमा मोबाइल अर्डर गरे तर खोल्दा त्यसमा साबुनको भेटियो ।

जानकारी अनुसार यो मामिला भारतको महाराष्ट्रको ठाणे जिल्लाको हो । एक व्यक्तिले अनलाइन सपिङ प्लेटफर्मबाट रु ४६,००० मूल्य (भारु)को स्मार्टफोन अर्डर गरे, तर उनलाई दिइएको पार्सलमा तीनवटा साबुन फेला परेको बताइएको छ। प्रहरीले सोमबार सो जानकारी दिएको हो ।

भाइन्दर प्रहरी चौकीका एक अधिकारीले पीडितको पार्सल डेलिभरीका क्रममा छेडछाड भएको देखिएको बताए । पीडितले अनलाइन सपिङ प्लेटफर्मबाट ४६ हजार रुपैयाँको आइफोन अर्डर गरेको बताए ।

प्रहरीले पीडितले दिएको उजुरीलाई उद्धृत गर्दै उनले प्याकेज खोल्दा मोबाइलको प्याकेटमा तीन वटा भाँडा धुने साबुन भेटिएको बताए । अधिकारीका अनुसार प्रहरीले शनिबार अज्ञात अपराधी विरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४२० (धोखाधडी) अन्तर्गत मुद्दा दर्ता गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।