२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहली विश्वकपका सर्वोत्कृष्ट खेलाडी



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जित्यो । आइतबार अहमदाबादमा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको छ । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।

यो खेलपछि भारतका दिग्गज ब्याट्सम्यान विराट कोहलीलाई प्लेयर अफ द टुर्नामेन्टको अवार्ड दिइएको थियो ।

कोहली विश्वकपमा प्लेयर अफ द टुर्नामेन्टको उपाधि जित्ने भारतका तेस्रो खेलाडी हुन् । यसअघि सन् २००३ मा सचिन तेन्दुलकर र २०११ मा युवराज सिंहले यो अवार्ड जितेका थिए । जसमध्ये सचिन तेन्दुलकर फाइनलमा पराजित भएको टिमका सदस्य थिए ।

टोलीमा पूर्व कप्तान विराट कोहलीले एन्कर ब्याट्सम्यानको भूमिका निर्वाह गरे । यही कारण हो कि टीम इन्डियाले मध्य ओभरमा धेरै विकेट गुमाउनु परेन ।

विराटको फर्म हेर्न लायक छ र उनले ९५.६२ को औसतमा ७६५ रन बनाए, जुन विश्वकपको इतिहासमा सर्वाधिक हो । यस अवधिमा उनले तीन शतक र ६ अर्धशतक प्रहार गरे । यो विश्वकपमा कोहलीको उत्कृष्ट स्कोर ११३ रन हो ।