४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको प्रसिद्ध तियानमेन पर्वत पुग्ने पर्यटकको संख्या ३ लाख ७० हजार बढी



अ+ अ-

एजेन्सी । मध्य चीनको हुनान प्रान्तको झाङ्जियाजी शहरमा रहेको तियानमेन पर्वतमा पर्यटकहरुको वृद्धि भएको छ ।

यस वर्षको पर्यटन वृद्धिपछि सन् २०१९ मा रेकर्ड गरेको पर्यटक सङ्ख्याको रेकर्ड तोडेको छ । प्रख्यात राष्ट्रिय वन निकुञ्ज र फाइब ए पर्यटकीय गन्तव्यले सन् २०२३ मा हालसम्म ५० लाखभन्दा बढी पर्यटकलाई स्वागत गरिसकेको र सन् २०१९ मा ४७ लाख ४० हजार पर्यटकले आकर्षित गरेको रमणीय क्षेत्रका व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

आगन्तुकहरूको बढ्दो भीडलाई सम्हाल्न, रमणीय क्षेत्रले बुकिंग अवधि छुट्याएको छ ।

प्रख्यात पर्यटकीय शहर झाङ्जियाजीको प्रतिष्ठित गन्तव्य मध्येको एक तियानमेन पर्वतीय रमणीय क्षेत्र सेप्टेम्बर २००५ मा पर्यटकहरूका लागि खोलिएदेखि यता ३ करोड ७० लाखभन्दा बढी आगन्तुकहरू आएका छन् । शहरको वुलिंगयुआन रमणीय क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा छ ।