• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

माओवादी केन्द्रका चार सांसदको पद रिक्त हुँदै



काठमाडौँ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश चार सांसदको पद रिक्त हुने भएको छ ।

माओवादी केन्द्रको संसदिय दलले सांसद तथा वर्तमान सरकारका मन्त्रीहरु उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु शाहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई जानकारी गराएको थियो ।

आज बस्ने प्रतिनिधिशभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँहरू सांसद नभएको सूचना आज बस्ने प्रतिनिधि सभा बैठकमा जानकारी गराउने तयारी गर्नुभएको छ ।

नेकपा भित्रको विवादको समयमा चार सांसदले प्रधानमन्त्री ओलीलाई साथ दिनुका साथै पार्टी विभाजन पछि नेकपा एमाले रहेका छन् ।