४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

यसकारण बोलाए देउवाले तीन दलको बैठक

यसकारण बोलाए देउवाले तीन दलको बैठक
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि अपरान्ह् १ बजेका लागि नेपाली काँग्रेससहित अरु दुई दलको संयुक्त बैठक बोलाएका छन् ।

नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय काँग्रेसले हालै गरेको थियो । त्यसपछि नयाँ सरकारका लागि तयार रहेका नेकपा माओवादी केन्द्र र जसपासँगको संयुक्त बैठक काँग्रेस सभापति देउवाले आह्वान गरेका हुन् । 

नयाँ सरकार गठन गर्नका लागि आवश्यक संख्या नपुगेको भनेर हिजोमात्र प्रतिक्रिया दिएका देउवाले आज बोलाएको सो बैठक आर्थपूर्ण रहेको भनी राजनीतिक बजारमा चर्चा रहेपनि काँग्रेसको देउवा पक्षले भने नयाँ सरकार गठन हुने ठानेको छैन । देउवा निकट एक पदाधिकारीका अनुसार सभापति देउवामाथि भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्ने छन् तर त्यसबाट पनि नयाँ सरकारका लागि आवश्यक संख्या भने नपुग्ने स्पष्टै छ ।

ती पदाधिकारीले भने, वास्तवमा अहिले देउवालाई ओलीसँग मिलेर नयाँ सरकार गठन गर्न नखोजेको भन्ने आरोप लागेको छ, सभापतिजीले नयाँ सरकार गठनको पहलका लागि यो गर्नुभएको हो, तर संख्या भने पुग्ने अवस्था छैन । 

माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।

तर सरकारका जानका लागि माओवादी केन्द्र भने बडो आतुर देखिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार भोलि हुने छलफलले नयाँ सरकार बन्ने नबन्ने टुंगो लाग्नेछ । तीन दलबीच सहमति नहुने हो भने हामी समर्थन फिर्ता लिएर आगाडि बढ्न चाहन्छौं भन्दै माओवादी केन्द्रका ती नेताले सहमति जुटेको अवस्थामा तत्कालै नयाँ सरकार गठन गर्न माओवादी तयार हुने ती नेताले बताए ।