४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

वर्तमान सरकार निरङ्कुशतातिर बढ्यो, विकल्प खोजौँ – रामचन्द्र पौडेल (भिडियो सहित)

वर्तमान सरकार निरङ्कुशतातिर बढ्यो, विकल्प खोजौँ – रामचन्द्र पौडेल (भिडियो सहित)
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्धारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशता तिर बढिरहेकोले विकल्प खोज्नुपर्ने बताउनुभएको हो । 

प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयो ग¥यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकरको विकल्प खोज्नुपर्ने बताउनुभयो । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो ‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा खेरीमा प्रतिपक्षी दलले रोस्टम प्रयोग ग¥यो की गरेन, कसरी गर्यो यसको पनि लेखाजोखा इतिहासमा हुने छ । त्यसो भएको हुनाले अहिले यहाँ चुनाव चुनाव मात्रै भनेर सुख पाइदैन । हामीले यो अहिलेको निरंकुशता तिर बढिरहेको यो सत्तालाई विकल्प खोजि गर्नुपर्छ । विकल्पको लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गरेर अरु पार्टीहरुसँग मिलेर हामीले बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्छ । 

नेता पौडेलले वितगमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविश्यमा टाउको समातेर रुनुको विकल्प नहुने पनि बताउनुभयो । त्यसैले चुनाव चुनाव भनेर बस्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं । जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको छ । यति मात्रै भन्छु । जोखाना फेरीपनि हेरेर यो चान्स मिस गर्ने अनी पछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव चुनाव चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो हाम्रा साथिहरुको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’ 

पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनवमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्ने तर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो । अहिलेको सरकरको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकोले लोकतन्त्र बचाउनको लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन पार्टी यस्तो अवस्थामा छ । चुनाव चुनाव चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पु¥याउँछ । आज हामीले एउटै कुरा सोचौं कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनको लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’

वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भर्याङ चढ्न खोजेको पुष्टि भएको पनि उहाँले बताउनुभयो । त्यसैले कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने बताउनुभयो । व्यवस्था बचेमा मात्रै सत्ता आफै आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘व्यवस्था बचाउनुपर्छ, सत्ता भन्दा व्यवस्थालाई महत्व दिनुपर्छ । सत्ता भन्दा व्यवस्थालाई महत्व दिएर हामीले नीति बनायौं र इमान्दार प्रयत्न गर्यौँ भने सत्ता आफै आउँछ ।’ समुदायलाई लोतान्त्रिकरण गर्न आफूलाई पनि लोतान्त्रिककरण बनाउन तयार हुनुपर्ने पनि उहाँले बताउनुभयो । 

अहिले कम्युनिष्टहरु पक्षपातको शासनमा उत्रिएकाले त्यसको लडाईमा लाग्न कर्मचारीहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो ‘तपाईलाई पक्ष हाम्रो लिनुहोस भन्दिन तर पक्षपात रोक्नुहोस । निष्पक्षता अपनाउनुहोस । पक्षपतको शासन चलिरहेको छ नेपालमा । पक्षपातको शासन रोक्नुहोस । नाङ्गो रुपमा कम्युनिष्टहरु पक्षपातको शासनमा उत्रेका छन, आजको हाम्रो लडाई तिनैसँग हो । हाम्रो लडाई यही सिद्धान्तको लडाई हो । सत्ताको लडाई होइन ।’