४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ

निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ
अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूर्वक जुट्न आह्वान गर्नुभएको छ ।

मन्त्रालयको चालु आर्थिक २०७७/७८ को चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले पूर्वाधार निर्माणमा बजेट कार्यान्वयनका हिसाबले यो वर्षलाई सफल वर्षका रुपमा स्थापित गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्देशन मात्र पर्खने होइन, राष्ट्रसेवकले आफ्नो जिम्मेवारी पूरा गरेमा देश र जनताको भलो हुुन्छ, बजेटमा समेटिएका कार्यक्रम समयमै पूरा हुन ।” नीति तथा कार्यक्रमलाई बजेटले तथा बजेटलाई कार्यविधिले आत्मसात् गरेन भने विकास र समृद्धिका मुद्दा ओझेलमा पर्न सक्नेतर्फ सचेत रहन निर्देशन दिँदै मन्त्री गुुरुङले रुपान्तरण र प्रगतिका मार्गमा आउन सक्ने बाधा र चुनौतीको समयमै पहिचान गरी कार्यसम्पादन गर्न मन्त्रालय तथा मातहतका निकायका पदाधिकारीलाई सल्लाह दिनुभयो ।

उहाँले भन्नुभयो, “करार सम्झौता अनुुसारको कार्यप्रगति मूल्याङ्कन गरिने प्रणालीलाई चुुस्त बनाउन आवश्यक छ, असारे विकास प्रवृत्तिलाई हटाउन कार्यतालिका बनाएर काम गर्नुपर्छ, चैतमा आएर कार्यविधि बनाउने तरिकाले विकास र समृद्धिको लक्ष्य पूरा गर्न सकिन्न । दूरसञ्चार क्षेत्रको सेवा र गुणस्तरमा व्यापक सुधार ल्याउनुपर्छ ।”

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पूूँजीगत खर्चको स्थितिले कार्यप्रगति सन्तोषजनक मान्ने अवस्था नरहेको बताउनुुभयो । उहाँले भन्नुुभयो, “अरूको तुुलनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट ज्यादै कम छ, प्राप्त बजेट पनि खर्च नहुने हालको स्थितिमा व्यापक सुधारको खाँचो छ, अहिलेको स्थितिले निरास तुल्याएको छ, डाटा सेन्टरको क्षमता बढाउनुपर्छ ।”

मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले दोस्रो चौमासिकको विनियोजन र प्रगति, यस अवधिका मुख्य(मुख्य उपलब्धि, राजश्व र आम्दानी सङ्कलन अवस्था, बेरुजुु फछ्र्यौट, प्रमुख सूचक र तथ्याङ्कीय स्थिति तथा राष्ट्रिय विकास समस्या समितिमा पठाउनुपर्ने विषयबारे बैठकमा जानकारी प्रस्तुत गर्नुभयो ।

सो अवसरमा मन्त्रालय र मातहतका निकायमा दोस्रो चौमासिक अवधिमा चालु खर्च ७८.९५ र पूूँजीगत खर्च ८.१९ प्रतिशत भएको तथ्याङ्क प्रस्तुत गरियो । बैठकमा राष्ट्रिय योजना आयोग र प्रधानमनत्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिले नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित कार्यक्रम कार्यान्वय गर्ने क्रममा उठेको प्रश्न, देखिएका चुनौती र  समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायबारे केन्द्रित रही सुझाव प्रस्तुत गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले अत्यन्त सीमित बजेट र सीमित कार्यक्रम रहेकाले लक्ष्य हासिल गर्ने कुरामा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जोड दिने भनेको समाचारको गुणस्तरमा हो, त्यसलाई प्रभाव पार्ने विभिन्न पक्षमध्ये कर्मचारीको पुनःसंरचना एउटा महत्वपूर्ण पक्ष हो, त्यसका निम्ति नयाँ र दक्ष जनशक्ति प्राप्त गर्न सङ्गठन संरचना पुनरवलोकन गर्नुपर्नेछ, समितिले सकेसम्म ७५३ स्थानीय निकायलाई समेटेको छ, तर त्यो स्थायी रुपमा छैन ।”

ग्राहकलाई यो वर्ष ‘भिडियो क्लिप’ सेवा दिन भौतिक पूर्वाधार निर्माण र उपकरण खरीद गरे पनि दक्ष प्राविधिकको अभावमा उपकरण सजावट गर्न राखेजस्तो भएको बताउँदै अध्यक्ष अधिकारीले भन्नुभयो, “हामीलाई प्राविधिक जनशक्ति आवश्यक छ, आरकाइभ विकासमा पनि जोड दिएका छौँ, अरू स–सना काम धेरै भएका छन्, राससका भवन निकै पुराना छन, मर्मत हुनसके कर्मचारीको ज्यान जोखिममा जानबाट जोगिने र राज्यको प्रतिष्ठा पनि जोगिन्थ्यो ।

बैठकमा राष्ट्रिय सूचना आयोग, हुलाक सेवा विभाग, सूचना तथा प्रसारण विभाग, सूचना प्रविधि विभाग, मुद्रण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकारण, प्रेस काउन्सिल नेपाल र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रमुख एवं प्रतिनिधिले दोस्रो चौमासिक अवधिमा आ(आफ्ना कार्यालयले गरेको भौतिक तथा वित्तीय प्रगति, खर्चको विवरण र बेरुजु फछ्र्यौटमा हासिल गरेको उपलब्धिबारे जानकारी गराउनुभयो ।

सो अवसरमा नेपाल टेलिभिजन, रेडियो प्रसारण सेवा विकास समिति, गोरखापत्र संस्थान, सुरक्षण मुद्रण विकास समिति, राष्ट्रिय सूचना प्रविधि केन्द्र, चलचित्र विकास बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति र विज्ञापन बोर्डका प्रमुख एवं प्रतिनिधिले दोस्रो चौमासिक सम्ममा वार्षिक लक्ष्यको तुलनामा वित्तीय र भौतिक प्रगति, रुपान्तरणकारी आयोजना, सम्पादन भएका मुख्य मुख्य उपलब्धि तथा सम्पादन हुन नसकेका काम र कार्यान्वयनमा देखिएका चुनौतीको विवरण प्रस्तुत गरिएको थियो । रासस