२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: सेमिफाइनलमा स्थान बनाउन संघर्षरत न्युजिल्यान्ड र श्रीलंका खेल्दै



अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको नवौँ तथा अन्तिम चरणको पहिलो खेलमा आज सेमिफाइनलमा स्थान बनाउन संघर्षरत न्युजिल्यान्ड र श्रीलंका खेल्दैछन् । बेगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा हुनलागेको महत्वपूर्ण खेल नेपाली समयअनुसार, दिउँसोको २:१५ बजे सुरु हुनेछ ।

साविक उपविजेता न्युजिल्यान्ड आजको खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । आयोजक भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

अब सेमिफाइनलमा पुग्ने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । जसको लागि तीन राष्ट्रबिच कडा प्रतिस्पर्धा देखिएको छ । आठ खेलबाट आठ अंक बटुलेको न्युजिल्यान्ड तालिकाको चौथो स्थानमा छ । आठ खेलबाट आठ अंक नै जोडेको पाकिस्तान र अफगानिस्तान नेटरननेटको कारण क्रमश: पाँचौँ र छैठौँ स्थानमा छन् । यी तीनवटै टोली न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानमध्ये एक टोली सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

बिहीबारको खेलमा श्रीलंकालाई हराउन सके न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने सम्भावना बढी देखिन्छ । तर, न्युजिल्यान्ड श्रीलंकासँग पराजित भए सेमिफाइनल समिकरण निकै रोमाञ्चक बन्नेछ ।

पाकिस्तान र अफगानिस्तानका लागि पनि अबको एक खेल जित्न सहज हुने छैन । पाकिस्तानले आफ्नो अन्तिम खेलमा साविक विजेता इङ्ल्यान्डको सामना गर्नेछ । उक्त खेलमा इङ्ल्यान्ड पनि पाकिस्तानलाई हराउँदै सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा स्थान पक्का गर्ने धुनमा हुनेछ । विश्वकपको अंक तालिकामा पहिलोदेखि सातौँ स्थानसम्म रहने टोलीले २०२५ को च्याम्पियन्स ट्रफी खेल्न पाउने छन् । हाल इङ्ल्यान्ड चार अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

यसैगरी अफगानिस्तानले पनि आफ्नो अन्तिम खेल निकै बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग भिड्दैछ । त्यसैले अन्तिम खेल जित्न अफगानिस्तानका लागि पनि सहज हुने छैन ।

हेड टु हेड
जारी विश्वकपको यसअघिको खेललाई हेर्दा श्रीलंकाली टोलीभन्दा न्युजिल्यान्ड निकै बलियो देखिन्छ । न्युजिल्यान्डले ब्याटिङ् बलिङ र फिल्डिङ सबै सन्तुलित देखिन्छ । यसपालिको विश्वकपमा भने श्रीलंकालले खासै गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।

यसअघि यी दुई राष्ट्रबिच हालसम्म एक सय एकवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये ५१ खेलमा न्युजिल्यान्ड विजयी भएको छ भने ४१ खेलमा श्रीलंकाले सफलता हात पारेको छ । जसमा आठवटा एकदिवसीय खेल अनिर्णित रुपमा सकिएको छ भने एउटा खेल बराबरीमा टुंगिएको छ ।

आईसीसी एकदिवसीय विश्वकपमा भने न्युजिल्यान्ड र श्रीलंकाबिच कुल ११ वटा खेल खेलिएको छ । जसमा श्रीलंका ६ खेलमा विजयी भएको छ भने न्युजिल्यान्डले ५ खेल जितेको छ ।