८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जीवन–यात्रा’ को लोकार्पण



अ+ अ-

भक्तपुर । सिरु बौद्धिक समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार लक्ष्मणराज विष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ लोकार्पण गरिएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरु बौद्धिक समाजले आज यहाँ आयोजना गरेको नव वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
    
पत्रकार रिसालले पुस्तकमा समेटिएका विषयवस्तुले आफ्नो बालापन र जीवनको दुःख सुखलाई समेत स्मरण गराएको चर्चा गर्दै तत्कालीन समयमा काँठको अवस्थादेखि यहाँको रहनसहनलाई पुस्तकले उजागर गर्न सफल भएको बताउनुभयो । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य शशीजङ्ग थापाले कृतिकारले ८० वर्ष अगाडिको समयमा काँठ क्षेत्रको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था कस्तो थियो भन्ने चर्चा यस पुस्तकमार्फत उजागर गरेको बताउनुभयो ।

कृतिका बारेमा चर्चा गर्दै ८१ वर्षीय पुस्तकका लेखक विष्टले २०५८ चैतमा निजामती सेवामा उपसचिव पदबाट अवकास प्राप्त गर्दाको समय, सेवाकालीन अनुभव, भोगाइ र विभिन्न जिल्लामा कार्य गरेको, सामाजिक सेवा, योग शिक्षक भई कार्य गर्दाको अनुभव, ८० वर्ष अगाडिको काठमाडौंँको काँठ क्षेत्रको अवस्था, रहनसहनलगायत विभिन्न विषय पुस्तकमा समेटिएको बताउनुभयो । यसअघि उहाँले सिरुटारका विष्ट परिवारको वंशावली तथा कूलदेवता पूजा नामक पुस्तक समेत प्रकाशन ल्याउनु भएको थियो ।रासस