८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक बनाउने चक्करमा कर्णाली पुलबाट ३ जनाले फाल हानेपछि…



अ+ अ-

कैलाली । सामाजिक सञ्जालको प्रयोगबाट फाइदा लिन सके सुचना प्राप्त हुनुका साथै मनोरञ्जन पनि प्राप्त गर्न सकिन्छ । तर यसै सामाजिक सञ्जालको दुरुपयोग गरेमा यसले ज्यानै जाने पनि हुनसक्छ । 

यस्तै घटना कैलालीको कर्णाली पुलमा घटेको छ । अहिले युवामाझ निकै चर्चित बनेको सामाजिक सञ्जाल टिकटक बनाउने चक्करमा कर्णाली पुलबाट हाम फाल्दा १ जना बेपत्ता भएका छन् । शनिबार ३ जनाले टिकटक बनाउने भन्दै नदिमा फाल हानेका थिए ।

तीमध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका छन्। उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको थियो ।

घाइते भएका प्याकुरेलको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत हुन् । बेपत्ताको खोजी जारी छ ।