२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चालनमा आयो ‘काठमाडौं फन भ्याली’, लाइभ म्युजिकसँगै पौडीको मज्जा



अ+ अ-

भक्तपुर । केही समय अघि निकै चर्चामा रहेको ‘काठमाडौं फन भ्याली’ पुन सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायक –९ र १० स्थित पलाँसेमा रहेको यो ‘काठमाडौँ फन भ्याली’ नयाँ स्वरुपमा सञ्चालनमा आएको हो । 

अब काठमाडौं फन भ्यालीमा पुग्नेहरुले पौडी मात्रै होइन ‘लाइभ म्युजिकको मज्ज पनि लिन पाउनेछन् । शनिबार पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले एक समारोहका वीच उक्त फन भ्यालीको उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले शुरुमा चितवनमा सञ्चालनको तयारी गरेको फन भ्यालीलाई आफैँले भक्तपुरमा सञ्चालन गर्न दिएको सुझावका आधारमा यो ठाउँमा शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो फनपार्कले समग्र भक्तपुरको आर्थिक विकासमा टेवा पुर्याउँछ, आन्तरिक पर्यटनको विकास गर्छ, नगरपालिकाको राजश्वमा वृद्धि गर्छ र काठमाडौँवासीलाई मनोरञ्जन गर्ने ठाउँको अभावलाई यसले पूर्ति गर्छ भन्ने मैले विश्वास लिएको छु ।’

फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आन्तरिक पर्यटन तथा, आर्थिक विकाससँगै काठमाडौँ उपत्यकाका बासिन्दालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ११ करोड रुपैयाँको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरूपमा सञ्चालनमा ल्याएको बताउनुभयो । 

डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फनपार्कमा ३० जना स्थानीयवासीलाई प्रत्यक्ष रोजगारी दिइएको निर्देशक थापाले जानकारी दिनुभयो । परिवारिक वातावरणमा सञ्चालित सो भ्यालीमा कोभिड १९ सुरक्षा मापदण्ड अपनाइएको निर्देशक थापा बताउनुहुन्छ । 

यहाँको अर्को मुख्य आकर्षण हो कर्णाली म्युजियम । कर्णालीको भेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो । 

काठमाडौँ उपत्यकामा बालबालिका, युवायुवतीदेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न यो पार्क सुरक्षित र व्यवस्थित रहेको भन्दै उहाँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फनपार्क मनोरञ्जनको प्रमुख गन्तव्य बन्ने बताउनुभयो ।

सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा सञ्चालित फनपार्कले जल र स्थल गरी ११ वटा विभिन्न खेल खेल्न पाउने र उमेर अनुसारको तीनवटा पौडी पोखरीको व्यवस्था छ । मुम्बईको ‘वाटर किङडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपटक त्यस्तै फनपार्क सञ्चालनमा ल्याउने उद्देश्यअनुरुप ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा करिब तीन हजार जनाले रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

आन्तरिक पर्यटक भित्र्याई जिल्लामा पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ स्थापित पार्कमा वाटरपार्क, एम्युजमेन्टपार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ । पार्कमा १२ वटा गेमिङ जोन र चारवटा वाटर जोन छन् । पार्कमा रोटेपिङ शैलीको हेलिकोप्टर, ४० फिट उचाइको ह्वीलचियर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ ।

अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुद्रमा मात्र देख्न पाइने समुद्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पार्क सञ्चालन हुनेछ । त्यस्तै ५०० जनाले एकैपटक खान सकिने क्षमता रहेको विवाह, जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्टदेखि विभिन्न पार्टी गर्न सकिने रेष्टुरेन्टको समेत यहाँ व्यवस्था छ । साथै पार्किङको पनि राम्रो ब्यबस्था छ ।