२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं नाकामा चेक जाँच फितलो (भिडियो सहित)



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ ।

आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पुर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयम्ले पनि सुरक्षाको उपाय-सावधानी अपनाएको देखिएन । तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन ।

यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ । मास्क लगाउने, दुरी कायम गर्ने कुनैपनि सुरक्षा सावधानीको उपायको न्युनतम रुपमा पनि प्रयोग भएको छैन । यात्रुहरु बिना मास्क कुनै भौतिक दुरी कायम नगरी जोखिमपुर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन् । यता, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।