२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि नियमित सञ्चालनमा मनकामना केबुलकार



अ+ अ-

मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । 

यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । तेइस वर्ष पूरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ । यस अवधिमा केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार छ दिन बन्द गर्ने सूचना जारी गरेकोमा निर्धारित समयअगावै काम सकिएपछि आजदेखि नै सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिएको छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उहाँले बताउनुभयो । दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केबुलकार सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।