१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इयूले गाजालाई थप दुई करोड ५० लाख यूरो सहयोग गर्ने



अ+ अ-

एजेन्सी । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो (दुई करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताउनुभएको छ ।

“यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कूल १० करोड यूरो खर्च गर्नेछ,” भोन डेर लेयेनले ब्रसेल्समा इयूका कूटनीतिज्ञहरूसँग भन्नुभयो ।

भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताउनुभयो ।

इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हमासले निर्दोष प्यालेस्टिनी र बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । यो भयावह छ र यो विशुद्ध दुष्टता हो ।”

“भग्नावशेषमुनिबाट निकालिएका स–साना केटाकेटीहरूको तस्वीर देखेर हाम्रो मन विक्षिप्त बनेको थियो ।” भोन डेर लेयेनले कूटनीतिज्ञहरूसँग भन्नुभयो, “द्वन्द्व चर्किरहेका बेला पनि दुई राज्य समाधानका लागि ‘वातावरण’ हुनु आवश्यक छ ।

उहाँले युद्ध रोकिएपछि गाजा आतङ्कवादीहरूका लागि कुनै सुरक्षित आश्रयस्थल हुन नसक्ने र हमासले अब यस क्षेत्रको जिम्मेवारी नलिने बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “यसलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विचार–विमर्श र छलफल भइरहेको छ, जसमा संयुक्त राष्ट्रसङ्घको म्यान्डेटअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति बल पनि समावेश छ ।”

इजरायली सेनाले सोमबार गाजामा प्यालेस्टिनी लडाकूलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि एक महिना नजिक पुगेको छ र हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १० हजार पुगेको छ ।

इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु हुनुका साथै २४० भन्दा बढी बन्धक बनाइएका हमासलाई ध्वस्त पार्न कटिबद्ध प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताउनुभएको छ । उहाँले युद्धविरामका लागि अन्तर्राष्ट्रिय आह्वानका बावजुद यही अवस्थामा कुनै पनि हालतमा कारबाही नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।