• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा समसामयीक राजनीतिक विषय र आगामी भदौमा तय भएको चौधौं महाधिवेशनबारे छलफल हुने कार्यसुची रहेको थियो । 

गत चैत २० मा बसेको कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय गरेको थियो ।