५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपीडितलाई काठमाडौँ महानगरले राहत सामाग्री पठायो



अ+ अ-

काठमाडौँ । काटमाडौँ महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत सामाग्री पठाएको छ । महानगरले सोमबार दुई जिल्लाका भूकम्पपीडितलाई राहत सामाग्री पठाएको महानगरका प्रमुख बालेन साहले जानकारी दिए ।

साथै प्रमुख साहले थप ईन्जिनियरिङ तथा प्राविधिकको सहयोग आवश्यक परेमा सम्बन्धित निकायले महानगरमा सम्पर्क गर्न सक्ने पनि जनाएका छन् ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट दुई जिल्लामा ठूलो क्षति पुगेको छ ।