२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभयो । 

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उहाँले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्वमा सरकार बनाइकन निर्वाचनमा जानु उत्तम उपाय हो ।”

सरकारले विजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको कोइरालाको भनाइ छ । कांग्रेसका लागि आगामी भदौमा हुने १४औँ महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पार्नुभयो ।