२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिनसँग तुलना गर्दा भावुक बने कोहली, भने– म उहाँ जस्तो कहिल्यै बन्ने छैन



अ+ अ-

एजेन्सी । ‘क्रिकेटका भगवान’का शिष्य विराट कोहलीले आफ्नो गुरु सचिन तेन्दुलकरको पाइला पछ्याउँदै उनको विश्व कीर्तिमानको बराबरी गरेका छन् ।

भनिन्छ, शिष्यले जतिसुकै सफलता हासिल गरोस्, गुरु सधैं गुरु रहन्छन् । दक्षिण अफ्रिका विरुद्ध प्लेयर अफ द म्याच जितेपछि ‘किंग कोहली’ले यस्तै भनेका थिए ।

आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३७ औं खेल भारत र दक्षिण अफ्रिकाबीच भएको थियो, जसमा भारत २४३ रनले विजयी भएको थियो । यो खेलमा विराट कोहलीको ब्याट बलियो गर्ज्यो । आफ्नो जन्मदिनमा उनले १० चौका सहित १०१ रनको अविजित इनिङ खेले ।

खेलमा शतक बनाएर उनले महान क्रिकेटर सचिन तेन्दुलकरको ४९ औं ओडीआई शतकको विश्व कीर्तिमानको बराबरी गरेका छन् । किंग कोहलीलाई प्लेयर अफ द म्याचको उपाधि दिइएको थियो, जसमा उनले सचिन तेन्दुलकरको बारेमा भावुक कुरा भनेका थिए ।

‘उहाँ सधैं मेरो लागि एक नायक हुनेछन् । उहाँको कीर्तिमान बराबरी गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो । ब्याटिङमा उहाँ एकदमै उत्कृष्ट हुनुहुन्छ । मैले उहाँलाई बाल्यकालदेखि नै टिभीमा हेर्दै आएको छु र उहाँबाट यो प्रशंसा पाउनु मेरो लागि म कहाँबाट आएको हुँ भन्ने कुराको अर्थ हो । म उहाँको जस्तो खेल्न कहिल्यै सक्दिनँ ।’ विराटले भने ।