७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

अब हाम्रो ध्यान ट्वान्टी–२० विश्वकपतर्फ हुनेछ – प्रशिक्षक देसाई

अब हाम्रो ध्यान ट्वान्टी–२० विश्वकपतर्फ हुनेछ – प्रशिक्षक देसाई
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आइसिसी ट्वान्टी–२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन् ।

ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे । एउटा फाइनल हेरेर मात्र हुँदैन समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको उनको धारणा छ । मोन्टीले ब्याटिङमा राम्रो गरे पनि बलिङततर्फ पावरप्लेमा केही गल्ती भएको बताए । खेल टाइ भएपछि सुपर ओभरमा धकेलिएको थियो । तर, सुपर ओभरमा नेपालले राम्रो गर्न नसक्दा हार ब्यहोर्यो ।

उनले ट्वान्टी–२० को राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उल्लेख गर्नुभयो । यद्यपि, आज उनले दबाब राम्रोसँग नसकेको बताए । ओमानका बलर बिलाल खानले पनि आफ्नो योजनाअनुसार गर्न सक्दा सुपर ओभरमा हार सामना भएको पनि धारणा राखे । तर, समग्रमा भने यस प्रतियोगितामा नेपालले राम्रो गरेको उनको भनाइ छ ।

विवेक यादव जस्तो खेलाडी अगाडि आउनु पनि सुखद् पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाई छ । स—साना बच्चाहरू क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको पनि प्रशिक्षक मोन्टीले बताए । हारको संघारमा पुगिसकेको अवस्थामा समर्थकको साथप्रति पनि उनको प्रंशसा गरे ।

नेपालका कप्तान रोहित पौडेलले फाइनलको नतिजा आफ्नो पक्षमा नआए पनि यो प्रतियोगिताबाट धेरै सकरात्मक नतिजाहरू प्राप्त भएको उल्लेख गरे । अब विश्वकप आउन ५÷६ महिनाको समय रहेको र यसबीच शृंखलाहरू व्यवस्थापन गर्दै राम्रो तयारी गर्नुपर्ने रोहितले बताए ।