२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागू औषधसहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । प्रहरीले १४५० एम्पुल लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिहरपुर-४ का २३ वर्षीय यज्ञ बहादुर श्रेष्ठ र  बारा कलैया-४ का १९ वर्षीय धर्मेन्द्र माझी रहेका छन् । 

आज बिहान नागढुंगा स्थित चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ८७८७ नम्बरको बस र बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ६१४३ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा उनीहरु फेला परेका हुन् । 

उनीहरुबाट निट्राभेट-१० ५४० ट्याबलेट र डाईजेपाम  ३०० एम्पल , फेनरागन ३०० एम्पल र नुफीन ३०० एम्पल लागूऔषध बरामद गरिएको छ । 

यस्तै उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।