४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार

क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार
अ+ अ-

लन्डन ।  सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ । डिजिटल मुद्रा क्वाइनबेस न्यूयोर्कमा मङ्गलबार सूचीकृत हुँदैछ । १२ वर्षअघि स्थापित क्वाइनबेसको सफलताका बारेमा एएफपीले अनुसन्धान गरेको छ ।

बिटक्वाइन
विश्वव्यापी वित्तीय सङ्कटको उभार चलिरहेको अवस्थामा सन् २००८ अक्टोबर ३१ मा एकदुई जना अज्ञात व्यक्तिहरु, जसलाई सातोशी नाकामोतोको काल्पनिक नामबाट चिनिन्थ्यो, ले बिटक्वाइनका बारेमा श्वेतपत्र प्रकाशन गरे । 

श्वेतपत्रमा भनिए झैं यसको मुख्य लक्ष्य नै भुक्तानीको एउटा चलायमान र विना अवरोधको विद्युतीय साधन निर्माण गर्नु थियो । यस्तो भुक्तानीलाई देशका केन्द्रीय बैंक वा वित्तीय संस्थाको निगरानीबाट सुरक्षित राख्ने अर्को लक्ष्य थियो । यस्तो कारोबारलाई सफ्टवेयरबाट नियमन गर्ने बनाइयो जहाँ यसका नियमलाई परिवर्तन गर्न लगभग असम्भव हुन्थ्यो ।

कुनै पनि व्यक्तिले नयाँ बिटक्वाइन आफ्नो बनाउन सक्थ्यो, र यसका लागि विशाल तथ्याँक केन्द्रको जरुरत हुन्थ्यो । र यसका निम्ति क्वाइनबेस जस्ता प्लेटफर्मले क्रिप्टोकरेन्सीको व्यापारलाई सहजीकृत गरेको थियो । बैंक र पे पल बाट उपलब्ध निश्चित डिजिटल मुद्राहरुले पनि भुक्तानी र कारोबारलाई सहजीकरण भइरहेका छन् । 

सन् २००९ को शुरुमा पहिलो लटमा ५० थान बिटक्वाइन सिर्जना गरिएयता हालसम्म झण्डै एक करोड ८७ लाख बिटक्वाइन बनाइएका छन् ।
नाकामोतोले दुई करोड १० लाख बिटक्वाइन बनाउने श्वेतपत्रमा लेखेका छन् ।

लगानी
बिटक्वाइनबाट हुने सीमित भुक्तानी र यसको अस्थिरताका बाबजूद सुनजस्तो बहुमूल्य वस्तुलाई पनि यसले उछिन्ने अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा सुनभन्दा बिटक्वाइनमा लगानी बढ्ने आँकलन गर्न थालिएको छ । 

नाइजेरियामा हालैका वर्षहरुमा डलरको तुलनामा आफ्नो मुद्रा नाइरालाई ५० प्रतिशतले अवमूल्यन गरिएको छ । नाइजेरियामा हाल झण्डै एक तिहाई मानिसले क्रिप्टोकरेन्सी प्रयोग गर्न थालेको दाबी गरिएको छ ।

सन् २०१८ मा बिटक्वाइनको मूल्यमा गिरावट आए पनि गत वर्षको अन्त्यदेखि फेरि यसको मूल्य अकाशिएको छ । गत वर्ष अक्टोबरमा प्रति बिटक्वाइनको मूल्य १२ हजार डलर रहेकामा एक महिना अघिमात्र यसको मूल्य ६० हजार डलरभन्दा बढी पुगेको छ ।

यस पृष्ठभूमिमा केन्द्रीय बैंक र बजार नियामकहरुले बिटक्वाइनको अस्थिरताका बारेमा सर्वसाधारणलाई सचेत रहन चेतावनी दिएका छन् । उनीहरुले साना लगानीकर्ताले ज्यादै बढी नोक्सानी व्यहोर्नुपर्ने खतरा औंल्याइरहेका छन् । 

तर स्पष्ट के छ भने केही व्यक्ति एवं कम्पनीले बिटक्वाइनबाट ठूलो लाभ प्राप्त गरेका छन् । यही पक्षलाई विचार गरी प्रमुख केन्द्रीय बैंकहरुले आफ्नै डिजिटल मुद्राको सम्भाव्यता अध्ययन गर्न थालेका छन् ।

विद्युतीय कार निर्माता टेस्लाले हालैमात्र बिटक्वाइनमा एक अर्ब ५० करोड डलर लगानी गरेको छ । गत मार्चदेखि टेस्लाले कारको भुक्तानीका लागि यही मुद्रालाई स्वीकार्न थालेको छ ।

टेस्लाका अर्बपति प्रमुख कार्यकारी एलन मस्कले क्रिप्टोकरेन्सीका गुणका बारेमा सामाजिक संजालमा पनि खुलेरै लेखेका छन् । 
अन्य क्रिप्टोकरेन्सीहरु

बिटक्वाइनका प्रतिस्पर्धी रुपमा धेरै किसिमका क्रिप्टोकरेन्सी विश्व बजारमा छन् । बजारमा दोस्रो स्थानमा हाल इथेरियम छ, र यसको मूल्य यसैसाता २ हजार डलरभन्दा माथि पुगेको छ ।

क्रिप्टोकरेन्सीको बजार समग्रमा २० खर्ब डलरभन्दा माथि पुगिसकेको क्वाइनमार्केटएपले जनाएको छ । यसले ९ हजार भन्दा बढी क्रिप्टोकरेन्सी सूचीकृत गरेको छ । केही क्रिप्टोकरेन्सीलाई “स्टाबलक्वाइन्स” पनि भन्ने गरिएको छ जसको मूल्य अमेरिकी डलर बराबर हुने गरेको छ । यी मुद्रामा बिटक्वाइनमा देखिएजस्तो अस्थिरता छैन ।(रासस–एएफपी, जोसेफ सोटिनेल)