२० श्रावण २०८३, बुधबार
,
Latest
सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने, महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने ‘हामी सुन्छौँ’ अभियान श्रावण २५ गतेदेखि सुरु गर्ने रास्वपाको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलेजोको क्यान्सरले श्रीमान् र रगतको क्यान्सरले छट्पटिँदै श्रीमती…



अ+ अ-

काठमाण्डौ । गणतन्त्रमा गाँस, बास र कपासको कारण कुनैपनि गरीवले दु:ख पाउँदैन । अनि उपचार नपाएर कोहि गरीवले अकालमा मर्न पर्दैन भनेर ठुला ठुला सपना देखेका थिए । तर साँच्चिकै त्यो त सपना नै रहेछ । वास्तविकता होइन रहेछ ।

ठुला भनाउँदा नेताहरु अलिकति विरामी पर्दा देशका महंगा अस्पतालमा उपचार गराउँछन् । त्यहाँपनि नभए विदेशका महंगा अस्पतालमा तिनै गरीव जनताले गाँस कटाएर तिरेको करबाट महंगो उपचार गरेर ठुला रोगबाट पनि उनीहरु बाँचेका छन् ।

तर विडम्वना, गरीविकै कारण उपचार खर्च जुटाउन नसक्दा राजधानीकै सुन्दरीजलका तामाङ्ग दम्पत्ति भने अन्तिम सास गन्दै छोरीहरुको डेरा कोठा चहार्दै काल कुरेर बसिरहेको देख्दा मन नै चसक्क हुन्छ । राजधानीमै घरवास हुने सर्वसाधारण उपचार खर्चको अभावमा अकालमा मर्नको लागि काल कुरेर बस्नुको विकल्प छैन भने दुरदराजका गरीव जनताको अवस्था कस्तो होला ? सिधै अनुमान गर्न सकिन्छ ।

काठमाण्डौ जिल्लाको उत्तर पुर्वी गाउँ ओख्रेनी,सुन्दरीजलका ६४ वर्षिय श्रीमान शंकर तामाङ्ग यतिखेर कलेजोको क्यान्सरले ८ महिनादेखि थलिएर अन्तिम सास गनिरहेका छन भने उनकी ५४ वर्षिया श्रीमती दमुमाया तामाङ्ग रगतको क्यान्सरले थलिएर डेढ वर्षदेखि पाटन अस्पतालमा उपचाररत छिन् । त्यसमाथि अहिले उनलाई स्वाशप्रस्वासको समस्या पनि थपिएको छ ।

तामाङ्ग दम्पत्तिका पाँचजना विवाहिता छोरीहरु संगिता, उर्मिला, मनु, मञ्जु र अञ्जु छन् । उनीहरु पालैपालो आफ्ना विरामी बाबुआमालाई अस्पताल लैजाने ल्याउने, स्याहार र रेखदेख गर्ने गर्छन । छोरा भएको भए बाआमाको यत्तिको स्याहार के गर्थे होलान र ? छोरीहरुको निश्वार्थ सेवा भाव देखेर विरामी आमा गहभरी आँसु पार्छिन ।

यतिखेर शंकर आफ्नी साँहिली छोरी मनु तामाङ्गको घर सुन्दरीजलमा अन्तिम सास फेरिरहेका छन भने दमुमाया पाटन अस्पतालको हेमाटोलोजी विभागको एउटा शैय्यामा छट्पटाईरहेकी छिन् ।

‘ब्लड क्यान्सर त छँदैछ, आमालाई अहिले निमोनिया पनि देखिएर भर्ना गरेको’—जेठी छोरी गहभरी आँसु पार्दै भन्छिन् । दमुमाया स्याँस्याँ गर्दै सकि नसकि खोक्छिन् अनि छोरीको मलीन अनुहारतिर हेर्छिन ।

डेढवर्षको अवधिमा आफ्ना बाबुआमाको उपचारको लागि तामाङ्ग दम्पत्तिका छोरीहरुले आफन्त नातागोता र चिनेजानेकाहरुबाट नगन्य मात्रै सहयोग पाए । त्यतिले क्यान्सरजस्तो महंगो रोगको उपचार संभव नभएर सुन्दरीजलको डाँडामा रहेको आफ्ना बाबुको पुख्र्याैली २ रोपनी पाखो बारी पनि बेचिसके ।

गाउँको कटेरोमा आमा बाले पालेका बाख्रा, कुखुरा सबै बेचिसके । अब बेच्न बाँकी त्यहि कटेरोले चर्चेको अलिकति करेसाबारी मात्र बाँकी छ । छोरी ज्वाईँको सामान्य कमाईले क्यान्सरको उपचार के पुग्थ्यो ? पाँचैजना छोरीहरुले हरेस खाइसके । ‘उपचार नगरौं आफुहरुलाई जन्म दिने बाबुआमा, गरौं बलबुता र सम्पत्ति सकिइसक्यो ।’ तामाङ्ग दम्पत्तिका छोरीहरुको मलीन अनुहारले बाबुआमाप्रतिको दायीत्व र गरीविले नतमस्तक भएको जनाउँछ । तैपनि उनीहरु ऋणधन गर्दै बाबुआमाको उपचार गर्दैछन् ।

क्यान्सर रोगको उपचारको लागि सरकारले दिने सहयोग नाम मात्रैको छ । त्यो रोगसंग सम्वन्धित प्रयोगशाला परीक्षण शुल्क अत्यन्तै महंगो छ । सर्वसाधारणलाई खर्च जुटाउन हम्मे हम्मे पर्छ ।

यसैवीच पाटन अस्पतालमा उपचाररत दमुमायालाई अमेरिकाबाट वरिष्ठ क्याप्टेन पाइलट सुदिप रिजालले बिहीबार १० हजार रुपैयाँ सहयोग गरेका छन् भने कल्पना थापाले ५ हजार दिएकी छिन् ।




भर्खरै