१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्रै पेट्रोल पम्प बन्द हुने भएको छ ।

नेपाल आयल निगमले शुक्रबार गरेको डिलरहरुसँगको छलफलमा दशैंको दुई दिन मात्र काठमाडौंमा पेट्रोल पम्प बन्द गर्न सहमति बनेको हो ।

दशैंको टिकाको दिन अर्थात असोज २६ र २७ गतेमात्र बन्द गरिने तयारी भएको छ । यसको आधिकारिक जानकारी केही दिनमै विज्ञप्ति निकालेर सार्वजनिक गर्ने तयारी निगमले गरेको छ ।

उपत्यका बाहिरको हकमा भने निगमले डिलरहरुसँग कुन–कुन दिन बन्द गर्न चाहेका हुन् भनेर जवाफ माग गरेको छ ।

नेपाल आयल निगमसँग कुल ७८ हजार किलोलिटर इन्धन स्टक राख्न सक्ने क्षमता रहेको छ ।