१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ ।

सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगो सार्वजनिक गरेको हो । जसअनुसार टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहेको छ ।

सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को‌ आयोजनामा ८ टोली सहभागिता रहने प्रतियोगिता मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुनेछ । ८ टोलीले मार्की खेलाडीको‌ टुंगो लगाइसकेका छन् ।