१९ माघ २०८१, शनिबार
,
Latest
सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भिर हुनुपर्छ: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भिर हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठक समापन गर्नुअघि बोल्दै सभामुख घिमिरेले संसदलाई लोकतन्त्रलाई थप योगदान दिन सक्नेगरी अभ्यास गराउनुपर्ने बताउनु भयो ।

उहाँले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भिर हुनुपर्ने बताउनु भयो । उहाँले विगतको अनुभवहरुबाट आगामी दिनका संसदीय गतिविधिहरुलाई प्रभावकारी बनाउँदै लानुपर्ने बताउनु भयो । उहाँले चालु अधिवेशनमा संसदीय काम, कारबाहीले गति लिएका पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘माननीय सदस्यहरु, प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुँदै गर्दा माननीय सदस्यहरुले आज राख्नुभएका समिक्षात्मक अभिव्यक्तिप्रति मेरो पनि गम्भिर ध्यानाकर्षण भएको छ । हामीले चालु अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरु प्रभावकारी बनाउँदै लैजानुपर्दछ । संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र माननीय सदस्यहरुको हो ।

चालु अधिवेशनमा संसदीय काम, कारबाहीले गति लिएका छन् । समितिहरुले सक्रियतापूर्वक काम शुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरुसँगको प्रश्नोत्तरलाई नियमित र व्यवस्थित गर्ने अभ्यास शुरु गरिएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसदलाई आगामी दिनमा लोकतन्त्रलाई थप योगदान दिन सक्नेगरी अभ्यास गर्न, राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन हामी सबै गम्भिर हुनैपर्ने कुरा राख्न चाहन्छु ।’

संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ ।