२४ मंसिर २०८२, बुधबार
,
Latest
निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानसँग नेपाल ५ रनले पराजित



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा ओमनले नेपाललाई ५ रनले हराएको छ । योसँगै समुह उपविजेता बनेको नेपालले समूह बी को विजेता र ओमानले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछन् ।

जितका लागि १४६ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुदै १४० रन बनायो । १६ ओभरमा ८५/८ को स्थितीमा रहेको नेपाललाई विवेक यादब र करण केसिले उत्कृष्ट साझेदारी गरे । विवेकले २४ बलमा ५ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए ।  लगातार तीन छक्का प्रहार गर्दै विवेकले नेपाललाई जित नजिक पुर्याएका थिए । नेपाललाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिँएको थियो । विवेकले सुरुवाती दुई बलमा बिलाल खानलाई छक्का हानेपछि बाँकी चार बलमा १३ रन चाहिँएको थियो । तेस्रो बलमा पनि विवेकले छक्का हानेपछि खेल रोचक बनेको थियो ।

नेपाललाई जितको लागि तीन बलमा ७ रन चाहिँएको थियो । चौथो बलमा विवेक क्याच आउट भएका थिए । पाँचौं बलमा अभिनाश बोहराले एक रन लिए । अन्तिम बलमा नेपाललाई जितको लागि छक्का चाहिँदा स्ट्राइकमा रहेका करण लङअनमा क्याच आउट भएपछि नेपाल पराजित भएको थियो । करणले ११ बलमा एक छक्का र एक चौका प्रहार गर्दै १५ रन बनाए ।

नेपालको लागि ओपनर कुशल भुर्तेलले १८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै २६ रन बनाए । यस्तै, सोमपाल कामि, कुशल मल्ल र सन्दीप जोराले समान १२ रन बनाए । कुशल मल्लले १० रन बनाउदा ओपनर आसिफ शेख ५ र गुल्शन झाले तीन रन बनाए ।

ओमानका लागि विलाल खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । अकिब इलयास, सकिल अहमद र जिशान मकसुदले समान २ विकेट  लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । ओमानका जिशान मकसुद सर्वाधिक ३२ रन बनाए । यस्तै, नसिम खुसीले २५ र आयन खानले १८ रन बनाउदा सकिल अहमद २२ रनमा नट आउट रहे ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिएका थिए । सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिदै टि२० आईमा ५० औं विकेट पूरा गरेका थिए । यस्तै, सन्दीप लामिछानेले २ विकेट र गुलशन झाले १ विकेट लिए ।