११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थायित्वका निम्ति गम्भीर बनौं : प्रदेश प्रमुख शेरचन



अ+ अ-

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले राजनीतिक स्थायित्व नै देशको आवश्यकता भएको बताउनुभएको हो ।

ठूलो सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा प्रेरणा दिने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबैले दृढ सङ्कल्प गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले विश्वव्यापी कोरोना महामारीपछि सामान्य जीवनमा फर्किएर आफ्ना नियमित क्रियाकलाप अघि बढाइरहँदा फेरि कोरोना जोखिम बढेको उल्लेख गर्दै सचेत र सतर्क रहन सबैमा आग्रह समेत गर्नुभएको छ । रासस