७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा हरेक महिना आगलागी



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । ताप्लेजुङमा वर्षको सुरुआतमा कोरोना कहरका बीचमा सुरु भएको आगलागीका घटना अन्त्यसम्म नै रोकिएनन्। जेठ, असार, साउन र असोजमा एक–एक घर जल्दा ९ लाख ३ हजारबराबरको क्षति भयो। कात्तिकमा २ घर जले। ६९ लाख १० हजार मूल्यबराबरको क्षति भयो। ३ जना घाइते भए। मंसिर र पुसमा ३–३ घर जल्दा १८ लाख १० हजारको क्षति भएको प्रहरीको तथ्यांक छ। 

पुसको पहिलो हप्तादेखि प्रसिद्ध तीर्थस्थल पाथीभराको वनमा लागेको डढेलो महिना दिनपछि मात्रै पूर्ण नियन्त्रणमा आएको थियो। डढेलोबाट पाथीभराको मन्दिर बचाउन सिम्रिक एयरको हेलिकप्टरसमेत प्रयोग गरिएको थियो। नेपालमै पहिलो पटक डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो। 

पुस १३ गते हेलिकप्टरबाट पानी खन्याएपछि मन्दिर क्षेत्र सुरक्षित भयो। वनको आगो निभाउन त्यसपछि पनि सुरक्षा निकाय, मन्दिरका कर्मचारी र स्थानीय महिनैभरि खटिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन्। 

‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रूपमा हेलिकप्टरको प्रयोग गरेका थियौं,’ उनी भन्छन्, ‘हेलिकप्टरले पाँच पटक पानी हालेपछि आगो मन्दिरसम्म पुग्न पाएन। मैले थाहा पाएयता पाथीभराको वनमा पहिलोपटक आगो लागेको हो।’  अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।