४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयको ‘लियो’ले तोड्यो ‘गदर २’ को रेकर्ड



अ+ अ-

एजेन्सी । थालापथी विजयको फिल्म ‘लियो’ ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा हलचल मच्चाएको छ । ‘लियो’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ । चार दिनमै फिल्म २०० करोड क्लबमा प्रवेश गरेको हो । आइतबार फिल्मको कमाईमा ठूलो उछाल आएको छ ।

लोकेश कनागराजको फिल्म ‘लियो’ १९ अक्टोबर २०२३ मा विश्वभरका थिएटरमा रिलिज भएको थियो । फिल्मले शानदार ओपनिङका साथ बक्स अफिसमा हलचल मचाएको थियो । दोस्रो र तेस्रो दिन फिल्मको कमाईमा केही कमी आएको थियो तर आइतबार घरेलु बक्स अफिसमा ‘लियो’का लागि राम्रो दिन साबित भयो ।

लामो समयदेखि विजयको एक्शन थ्रिलर ‘लियो’को चर्चा चलिरहेको थियो । फिल्मले पहिलो दिन ‘गदर २’ भन्दा धेरै कमाएको थियो । आइतबार फिल्मको कमाईले ठूलो फड्को मारेको छ । चलचित्रले आइतबार घरेलु बक्स अफिसमा एकै दिन ४० करोडको व्यापार गरेको छ । तर, वास्तविक तथ्याङ्क यो भन्दा बढी हुन सक्छ ।

थालापथी विजय र सञ्जय दत्त स्टारर फिल्म ‘लियो’ ले बक्स अफिसमा ६५ करोडको खाता खोलेको छ । फिल्मले तमिलमा सबैभन्दा बढी र कन्नडमा सबैभन्दा कम कमाई गरेको थियो । फिल्मले दोस्रो दिन ३५.२५ करोड कमाएको थियो । शनिबारको कमाईमा उछाल आएको छ र लियोको खातामा ३९.८ करोड आयो ।

फिल्मले पहिलो साताको अन्त्यमा १७९.८५ रुपैयाँसम्मको व्यापार गरेको छ । यसै वर्षको अगस्टमा रिलिज भएको ‘गदर २’ ले पहिलो सप्ताहन्तमा १३४.८८ करोड कमाएको थियो । यस हिसाबले विजयको फिल्म ‘गदर २’ लाई पछि पारेको छ ।