१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

चाडपर्वमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

चाडपर्वमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?
अ अ+ अ-

काठमाडौँ । दशैँ, तिहार लगायतका महत्वपूर्ण चाडपर्वहरु भित्रिसकेका छन् । चाडपर्व भित्रिएसँगै सर्वसाधारणहरु घर जाने क्रम बढेको छ । चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरवाही हुनाले विभिन्न रोगहरुको जोखिम हुन्छ । खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ ।

गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग शुरु भइसकेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर अल्का अस्पतालमा कार्यरत फिजिसियन डा.रक्षा गौतमसँग न्युज एजेन्सी नेपालले चाडपर्वमा कस्तो खानेकुरा खाने, कतिसम्म खाने र कस्तो ध्यान दिनुपर्छ भनेर गरिएको कुराकानीको सम्पादित अंश ।

प्रश्न: चाडपर्व भित्रिसकेको छ, यो बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

उत्तर: चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । मुख्यत: खानपानमा ध्यान दिनुपर्छ । हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरु दशैँ तिहारको बीचमा आउने गर्नुहुन्छ । यस्तै, हेभी खाना खाई अपच भएर, डायरिया भएर आउने बिरामीहरुको संख्या धेरै हुने गर्छ । हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेष्ट्रोलका बिरामीहरुपनि दशैँ तिहार पछाडी आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेष्ट्रोलको मात्रा बढेको हामीले भेट्छौं । युरिक एसिडहरु बढेको भेट्छौं । त्यसैले दशैँमा धेरै माछामासु खाएर आउने बिरामीहरु नै भेटेका छौँ । जसलाई स्वास्थ्य जोखिम भएको छ । खानामा धेरै एक्साईटेड भएर माछा मासु खाएपनि ठिक्क मात्रामा खानुपर्छ ।

आवश्यकता भन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ । खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरु खानुपर्छ । खानासँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ । कतिपय घाँटीहरु दुखेका, टन्सिलका बिरामीहरु पनि देख्छाँै । धेरैजसो दही, बाहिरका मिठाईहरु, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरु खाएर आएका बिरामीहरुपनि देखेका छौ । खाना त खानुपर्छ । तर, चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ । स्वास्थ्यलाई नै हानी गर्ने गरी धेरै खानु भएन । खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ । चाडपर्व आउँदा धेरै नै खाएको पायौँ । अहिले चाहीँ विकृति बढेर जाँडरक्सी सेवन बढी भयो । त्यस्तो पनि हामीले देख्छौँ । चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमरजेन्सीमा आउनुभएको बिरामीहरु पनि हामीले भेट्छौँ । त्यो अलिकति कम गर्नुभयो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।

प्रश्न: नियमित औषधि सेवन गरिरहेको बिरामीहरुले पनि ख्याल गर्नुपर्छ होइन र ?

उत्तर: नियमित औषधि खाने बिरामीहरु मुख्यत: रक्तचाप र सुगर रोग, कोलेष्ट्रोलका बिरामीहरुले औषधि चाहीँ नियमित खानुपर्‍यो । यस्तै कतिपय बिरामीहरु त चिकित्सकको फलोअप(निगरानी)मा नगएको पनि हामीले देखेका छौँ । औषधि पनि नखाने, खानापनि सन्तुलित रुपमा नखाने गर्दाखेरी स्वास्थ्य जोखिम आएको हामीले देखेका छौँ । दशैँ तिहारको बेला काठमाडौं बाहिर जादैँ हुनुहुन्छ । फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ ।

प्रश्न: उच्चरक्तचाप, मधुमेह लगायत भएकाले माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ला नि ?

माछा मासु खानै नहुने होइन । हामीले कोलेष्ट्रोल भएकाले रातो मासु अलिक कम गर्नु भन्छौँ । तर, मासु खाँदै नखाने भन्ने होइन । रातो मासुमा पनि पौष्टिक आहारहरु हुन्छन् । भिटामिन १२ हरु त्यसमै हुन्छ । खाँदै नखाँदाखेरी कोलेष्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन १२ डिफिसियन्सीहरु भएर कमजोरी भएर आउनुहुन्छ । १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन । रातो मासु खान नहुनेलाई चिकेन, माछा पनि अप्सन छ । यस्तै, अण्डा, गेडागुडीहरु खान भन्छौँ । माछा मासु खानै नहुने भन्ने होइन । तर, सन्तुलित रुपमा ठिक्क गरेर खान मिल्छ । अहिले केही समययता डेँगुका बिरामीहरु बढेको देखेका छौँ । जाडो महिना आयो डेंगु लाग्दैन भनेर हेलचेक्र्याँर्ई भएको हो की भन्ने मलाई लाग्यो ।

तर, पनि हामीले रुघाखोकीका बिरामीहरु, सिजनल फ्लुका बिरामीहरु अझैपनि भेटिरहेका छौँ । चाडपर्वको मुखमा वृद्धवृद्धाहरु डेंगु भएर आइरहनुभएको छ । डेंगु हुन नदिन मंसिर नलागेसम्म शतर्क हुनुहोस् । कार्तिक महिनाभरी डेंगुको डर छ । त्यो सँगसँगै रुघाखोकी भएर आउने बिरामीहरु धेरै देखँे यो समयमा । वार्षिक फ्लू सिजन आउनुभन्दा अगाडी फ्लू भ्याक्सिन लगाएर फ्लूको जोखिमबाट अलिकति जोगाउनुपर्छ । फ्लू भ्याक्सिन सजिलैसँग पाइन्छ । जहाँ गएर लगाउँदापनि हुन्छ । सामान्य कस्टमा हरेक परिवारले लगाउन मिल्छ । ज्येष्ठ नागरिक, बालबालीकामा पनि यो भ्याक्सिन सुरक्षित छ, फ्लू भ्याक्सिन, निमोनिया भ्याक्सिन । सकभर बाहिरको खाना नखानुहोस् । बाहिरको स्वस्थकर छैन । होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस् । यसले स्वास्थ्य जोखिम बढाउँछ ।

प्रश्न: मौसम परिवर्तनसँगै सिजनल फ्लू बढीरहेको छ ? अस्पतालमा सरुवा रोगका बिरामीहरुको चाप बढेको हो ?

उत्तर: सरुवा रोगमा फ्लू भएर आउने बिरामीको चाप बढेको छ । हामीले के भेटिरहेका छौँ भने इन्फ्लुएन्जा जुन सामान्य किसिमको लक्षणहरु आएर देखिन्थ्यो नि पहिले चार–पाँच वर्ष अगाडी । अहिले इन्फ्लूएन्जामा कडा लक्षणहरु देखिने गरेको छ । उच्च ज्वरो आउने, डेंगुका र इन्फ्लूएन्जाका लक्षणहरु लगभग मेल खाने, बिरामीहरु एकदम सिकिस्त हुने (कतिपयलाई त निमोनिया पनि भएको छ) पनि देखिएको छ । इन्फ्लुएन्जाबाट छातीमा संक्रमण हुनु भनेको एकदमै जोखिम हो । कति अक्सिजन लगाएर बिरामीहरु आईसीयुमा पनि हुनुहुन्छ । भएको चाहीँ भाइरल निमोनिया नै हो । शुरु भएको त रुघाखोकीबाट नै हो । त्यही नै बिग्रेर निमोनियाका केसेसहरु हामिले देखेका छौँ । सिजनल फ्लू भनेर भन्छौँ नि हामीले नेपालमा वर्षमा दुई पटक आउँछ । सिजन चेन्ज हुने बेलाको इन्फ्लुएन्जाको संक्रमण, भाइरसबाट हुने यसबाट जोगिनको लागि अब सरकारले पनि अलिकति जोड इन्फ्लुएन्जा भ्याक्सिनमा दिनुपर्ने हो की जस्तो लाग्छ । अझै पनि म कहाँ आउने बिरामीहरुलाई इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा थाहा नै छैन । म बुझाउन प्रयास गरिरहेको हुन्छु । यो लगाउनुपर्छ र भनेर बिरामीहरु कन्फ्युजनमा भएको पाउँछु । हेल्थ प्रोफेसनमात्रै होइन, साधारण जनताले पनि लगाउनुपर्ने बेला आइसकेको छ । संक्रमणको दर बढेको छ । इन्फ्लुएन्जा लागेर निमोनिया भएर मृत्यु हुनु भनेको त एकदमै भयावह अवस्था हुन्छ । यसपाली भाइरल निमोनियाको केस अलिक धेरै देखेको भएर हजुरहरुलाई अलिकति सुझाव हो ।

प्रश्न: चाडपर्व शुरु भइसक्यो, अहिले डेंगु संक्रमितको संंख्या बढेको छ, यसबाट बच्न के गर्नुपर्ला ?

उत्तर: डेंगु संक्रमित हुनेहरुको संख्या बढेको छ । यसमा मुख्यत: लामखुट्टेलाई नै नियन्त्रण गर्नुपर्छ । लामखुट्टेलाई प्रजनन गर्ने वातावरण बन्न दिनुहुँदैन । डेंगु लागिसकेपछि के गर्ने ? भन्नेकुरा आउँछ । डेंगु लाग्न नदिन आफ्नो तर्फबाट सूर्योदय भएको दुई घण्टा र सूर्यास्त हुनुभन्दा दुई घण्टा अगाडी डेंगुका लामखुट्टे एकदमै एक्टिभ हुन्छ भन्छन् । त्यतिबेला आफूलाई जोगाउनुपर्छ । राती भन्दा पनि यसले दिउँसो टोक्ने भएकोले दिउँसो बाउला भएको कपडा लगाउने, मलमहरु लगाउने, बालबालीकाहरुलाई फुल बाउला भएका कपडाहरु लगाइदिएर विद्यालय पठाउने, सकिन्छ भने २४ घण्टा लामखुट्टे धपाउने झुलहरु प्रयोग गर्ने, लामखुट्टेलाई प्रजनन हुन नदिन पानी जमेको ठाउँमा माटोले पुरिदिने गर्नुपर्छ ।

यस्तै, बाल्टीन,ट्याङ्कीमा पानी छ भने बिर्को लगाइदिने गर्नुपर्छ । रुखबिरुवा, झाडीहरु छन् भने काटेर सफा राख्ने । पुरानो टायरहरुमा पनि लामखुट्टेको रिप्रोडक्सन बढी हुन्छ । ती पुराना टायरहरुलाई नष्ट गरिदिनुपर्छ । डेंगु सामान्य भाइरल ज्वरो हो । तर, यसमा सचेत हुनुपर्छ । आतंकित हुनुभएन । डेंगु लागिसकेपछि सामान्य औषधि, सिटामोल खाएर घरमा तरल झोल कुराको मात्रा बढाएर घरमा बसेर आराम गरेर पनि निको पार्न सकिन्छ । सामान्य लक्षण हुनेहरु त अस्पताल आउनु पनि हुँदैन । अहिले त जनचेतना अलिक बढेको छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, जिउ दुख्ने, मांसपेशीहरु एकदमै दुख्ने, हात गोडाहरुमा बिबिराहरु आउने, नाक, मुखबाट रगतहरु आउने, पेट दुख्ने, दिसामा रगत आउने, वान्ता आउने, खाना खान नसक्ने अवस्था भयो भने तुरुन्तै अस्पतालको सम्पर्कमा आउनुहोला ।